कारवाहीको माग गरेपछि नवलपुरमा माओवादी पार्टी दुई खेमामा विभाजित
नवलपरासी। नेकपा माओवादी केन्द्र नवलपुरले जिल्ला पार्टी सहइन्चार्ज धनप्रसाद सापकोटा र महाधिवेशन आयोजक समिति सदस्य चेतनाथ पोख्रेललाई कारवाही गर्न माग गर्दै केन्द्रलाई सिफारिस गरेको छ ।
उनीहरुले पार्टी अनुशासन भन्दा बाहिर रहेर काम गरेको भन्दै कारवाही गर्न माग गर्दै केन्द्रलाई सिफारिस गरेको हो ।
उनीहरुले निर्वाचनका बेला टिकट नपाएर आफ्नो पार्टीको उम्मेवारलाई हराउन लागि परेको कारण कारवाहीको माग गरेको स्रोतले जनाएको छ । सिफारिस पत्रमा पार्टी अनुसासन विपरित कार्यगरेकोले सिफारिस गरिएको भनि उल्लेख गरिएको छ ।
केही दिन अघि प्रदेश इन्चार्ज देव गुरुङको समेत उपस्थितिमा बसेको जिल्ला पार्टीको वैठकले कारवाहीको लागि सिफारिस गर्ने निर्णय गरे अनुसार सिफारिस गरिएको नेकपा माओवादी केन्द्र नवलपुर इन्चार्ज किसान शर्मा गैरेले बताए ।
कारवाहीको लागि केन्द्रमा सिफारिस गरेपछि नेकपा माओवादी केन्द्र नवलपुर दुई खेमामा बांडिएकोछ । जिल्लाको वैठकले नगरकमिटि र गाउंकमिटिको वैठकको मिति तय गरेर वैठक डोकेको भएपनि त्यसलाई काउन्टर दिंदै धनप्रसाद सापकोटा, चेतनाथ पोख्रेल र मित्र शरण शर्मा विहानीले आफ्नो पक्षमा कार्यकर्ता जुटाउन वैठक गर्दै हिडेको गैरे पक्षधरहरुले जनाएका छन् ।
गैरेले आफैले हस्ताक्षर गरेर केन्द्रमा पठाएको पत्रमा इन्चार्ज किसान शर्मा गैरे उम्मेवार भएपछि कार्यवाहक इन्चार्ज भएका धनप्रसाद सापकोटा र चेतनाथ पोखे्रलले निर्वाचनमा सक्रिए भएर नलागेको, आफ्ना उम्मेद्वारलाई हराउन कांग्रेससंग सांठगांठ गरेको, निर्वाचन सकिएपछि हालसम्म पार्टी सम्पर्कमा नआएको जस्ता कारण उल्लेख गर्दै कारवाहीको लागि सिफारिस गरिएको छ ।
एमालेबाट पनि धोका भयो
सिफारिस पत्रमा नेकपा एमालेका नेता तथा कार्यकर्ताबाट पनि निर्वाचनमा धोका भएको उल्लेख गरिएको छ ।सिफारिस पत्रमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नवलपुरमा नेकपा माओवादी केन्द्र पराजित हुनुमा एमाले पार्टीका नेता कार्यकर्ताहरुबाट भएको सामान्य धोका र अन्तरघातलाई सामान्य मानिएपनि हाम्रै पार्टीको नेतृत्वमा रहेका कम्रेडहरु जिम्मेवार नहुनु प्रमुख कारक रहेको उल्लेख गरिएको छ ।
नवलपुरमा प्रतिनिधि सभा सदस्यका २ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यको ४ वटा निर्वाचन क्षेत्र रहेकोमा नेकपा एमाले र माओवादी केन्द्रले आधाआधी वितरण गरेको थियो । जहां नेकपा एमालेका सम्पूर्ण उम्मेदवार विजयी भएका थिए भने माओवादी केन्द्रका सम्पूर्ण उम्मेदवार पराजय भएका थिए ।


Post a Comment