Thursday, January 25, 2018

मध्यविन्दु नगरपालिकामा बालमैत्री अभिमुखीकरण

कावासोती । नवलपरासीको मध्यविन्दु नगरपालिकामा तीन दिने  बालमैत्री अभिमुखिकरण कार्यक्रम बिहिवारबाट सुरु भएको छ ।
मध्यविन्दु नगरपालिकालाई २०७७ भित्र बालमैत्री नगर घोषणा गर्ने गरि कार्यक्रम आयोजना गरिएको हो  । कार्यक्रममा  मध्यविन्दु नगरपालिका भित्रका बालमैत्री वडा सम्पर्क व्यक्ति र नगर बाल सञ्जालका गरि करिब ४५ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा बालमैत्री स्थानीय शाशन , बाल क्लब व्यवस्थापन , बालबालिकाको लगानी क्षेत्र का विषयमा प्रशिक्षण दिइएको थियो । तीन दिन सम्म सञ्चालन हुने अभिमुखिकरण कार्यक्रमको पहिलो दिनको कार्यक्रमको सहजिकरणा बालमैत्री सहजकर्ता खिमानन्द देबकोटाले गर्नुभएको थियो ।
कार्यक्रम बाल क्लब नगर सञ्जाल, मध्यविन्दु नगरपालिकाका अध्यक्ष नवराज पाठकको अध्यक्षतामा र नगरप्रमुख चन्द्रबहादुर रानाको प्रमुख आतिथियोतामा सम्पन्न भएको मध्यविन्दु नगरपालिका का बालमैत्री सहजकर्ता राधा पाठकले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख रानाले आफुले बालमैत्री नगर निर्माणका लागि आर्थिक तथा भौतिक रूपमा कमि हुन नदिने बताउदै २०७७ अगैव बालमैत्री नगर घोषणा हुनेमा ढुक्क हुन अनुरोध गर्नुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal