परासी । नवलपरासीमा खोलाहरुको टेण्डर धमाधम भैरहेको छ । जिल्लामा खोलाहरुबाट अवैध उत्खनन बढको र जिल्लामा निर्माण सामाग्री नदीजन्य पदार्थको अभाव भएपछि सम्बन्धित स्थानिय तहहरुले खोलाहरुको ठेक्का खोल्न थालेका हुन् । सुनवल नगरपालिकाले तिन वटा खोलाको ठक्का खोलेको छ । नगरपालिकाले अवैध उत्खननबाट छली भैरहेको लाखांै राजस्व नियन्त्र गर्न तुरिया, तिल्काना र पानभार खोलाको ठेक्का खोलेको जनाएको छ ।
यता सरावल गाउँपालिकाले पनि बासा र झरही खोलाको ठेक्का खोलेको छ । बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका र रामग्राम नगरपालिका पनि खोलाहरुको ठेक्का लगाउने प्रकृया तिब्र पारेको जनाएको छ । जिल्लाको बर्दघाट सुस्ता पश्चिममा पर्ने खजुरा, पानभार, बासा, भलुही, तुरिया, तिल्काना र झरही खोलाहरुको ठेक्का लाग्दै आएको छ ।
गत जेष्ठ मसान्तमै खोलाको ठेक्काको म्याद बितिसक्दा पनि खोला माफियाहरु प्रहरी प्रशासनको सेटिंगमा खोलाबाट अवैध उत्खनन गरि नदीजन्य पदार्थ चर्काे मुल्यमा उपभोक्ताहरुलाई विक्री वितरण गर्दै आएका थिए । नगरपालिका एवं गाउँपालिकाहरुले अवैध खोला दोहन र चोरी निकासीलाई रोक्न जिल्ला समन्वय समितिको समन्वयमा खोलाहरुको ठेक्का लगाउन थालेको हो । यता बर्दघाट सुस्ता पुर्वको क्षेत्रमा पनि खोलाहरुमो अवैध दोहोन बढेको पाइएको छ । एक तर्फ क्रसरहरुको अवैध उत्खनन छ भने अर्काे तर्फ खोला माफियाको हैरान । खोलाबाट नदीजन्य पदार्थका चोरी तस्करीले कराडांैको राजस्व छली भएको समन्वय समितिले जनाएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment