परासी । प्रदेश नं. ५ को अस्थायि राजधानी रुपन्देहि तोकिएपछि नेपालि कांग्रेस बर्दघाट सुस्ता पश्चिम नवलपरासीले स्वागत गरेको छ ।
खुसीयालीमा आफ्ना कार्यकर्तालाई दिपावली गर्न समेत निर्देशन गरेको छ ।
नेपालको संघिय संरचना अनुसार प्रदेशको सभा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका लगायतका विभिन्न निकायहरु सुचारुको लागि प्रदेश ५ को राजधानि रुपन्देहि तोकेपछि नवलपरासी बासीलाई पायक पर्ने राजधानि भएको भन्दै नवलपरासीको नेपालि कांग्रेसले सबै स्थानिय तहका ईकाई अध्यक्षहरुलाई खुशियालिका साथ दिपावलि मनाउन प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
बर्दघाट सुस्ता पश्चिम नवलपरासी नेपालि कांग्रेस का कार्यवाहक अध्यक्ष अर्जुन पोखरेलको अध्यक्ष्तामा भएको कार्यक्रममा अस्थायि राजधानि र प्रदेश प्रमुखहरु तोकिएपछि सो कार्य स्वागत योग्य भएको पत्रकार सम्मेलनमा भनिएको थियो । रुपन्देहि जिल्ला राजधानि तोकिएपछि छिमेकि जिल्ला नवलपरासी भएको कारणले प्रत्यक्ष र अप्रत्यक्षरुपमा यस जिल्लाको पनि विकास हुने सो विज्ञप्ती मार्फत जानकारी गराईएको छ ।

Post a Comment