Friday, January 26, 2018

नेपाल भुतपुर्व सैनिक संघको सम्मान

नवलपुर । नेपाल भुतपुर्वैसैनिक संघ नवलपुर जिल्ला कार्यसमीति पदपुर्ति तथा कार्यकर्ता भेला आज भएको छ । मध्यविन्दु नगरपालिका वडा ७ अम्रसाको भुपुसैनिक सभाहलमा सम्पन्न कार्यक्रममा नवलपरासी बर्दघाट सुस्ता पश्चीम परासी भुपु सैनिक संघका अध्यक्ष लालनाथ घिमिरेको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी प्रदेश ससद एव पुर्व केन्द्रीय सदस्य कृष्ण चन्द्र नेपाली रहनु भएको थियो । यसैगरी विशेष अतिथीहरुमा नेपाली कग्रेसका जिल्ला सभापति एवं प्रदेश ससद विष्णु लामीछाने, समानुपातिक ससद ओमकला गौतम, नेपाल भुतपुर्व सैनिक संघका केन्द्रीय अध्यक्ष कर्णेल धनबाहादुर मास्की राना, नेपाल भुपु सैनिक महिला संघका केन्द्रीय अध्यक्ष लिला मास्की राना, नेपाल भुतपुर्वक सैनिक संघ केन्द्रीय उपाध्यक्ष दिल बाहादुर श्रेष्ठ, नेपाली कग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति एव बुङदीकाली गाउपालीका अध्यक्ष दुर्गा बाहादुर राना, हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डे, भपु सैनिक संघ केन्द्रीय सदस्य एवं देवचुली नगरापालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिल बाहादुर क्षेत्री, मध्यविन्दु नगरपालिका प्रमुख चन्द्र बाहादुर राना, नेपाल भुतपुर्व सैनिक संघ केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रेम बाहदाुर राना, विशेष अतिथीको रुपमा रहनुभएको थियो ।
यसैगरी नेपाल भुतपुर्व सैनिक संघ ५ नम्बर क्षेत्रको क्षेत्रिय इन्चार्ज लोक नाथ पौ्रडेल, लगाएत नवलपुर जिल्लाका भुपु सैनिकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी प्रदेश ससंद कृष्ण चन्द्र नेपालीले भुपु सैनिकहरु एक मुष्ठ भएर पार्टि संगठनको लागी आगाडी बढनुपर्ने बताउनुभएको थियो ।
यसैगरी विशेष अतिथीको रुपमा रहनुभएका प्रदेश ससद विष्णु लामीछानेले नेपाली कग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल भुपु  सैनिक संघ शसतm रुपमा लाग्नु पर्ने बताउनुहुदै भुपु सैनिकहरुको समस्या समाधानको लागी प्रदेश स्तर देखि केन्द्रीय स्तर सम्म  आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
यसैगरी समानुपातिक ससद ओमकला गौतमले भुपु सैनिक संघ पार्टिको मेरुदण्ड भएकोले पार्टिलाइ अनुसाशित र एकताबद्ध गर्न ठुलो योगदान पुर्याएको भन्नुहुदै भोलिका दिनमा पार्टिलाइ सशतm रुपमा बढउनको लागी भुपु सैनीक संघको अपरीहार्य भुमिका रहनेमा आफु विश्वतm रहेको बताउनुभयो ।
उपाध्यक्ष गणेश मल्लाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण जिल्ला सचिव क्याप्टेन लेखनाथ तिवारीले गर्नुभएको थियो ।
यसैगरी कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा ससद कृष्ण चन्द्र नेपाली, विष्णु लामीछाने तथा ओमकला गौतमलाइ सम्मान समेत गरीएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal