
कावासोती । नवलपरासीको कावासाती १६ डण्डामा विहीबारदेखि रेफ्री तालिम शुरु भएको छ ।
तालिममा नवलपुरका भलिबल रेफ्रीहरुको सहभागिता रहेको थियो ।
जिल्ला भलिबल संघ नवलपुरको आयोजनामा भएको जिल्ला स्तरीय भलिबल रेफ्री कोर्ष तालिम ३ दिनसम्म चल्ने छ ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकासकुमार केसी, जिल्ला फुबटल संघका अध्यक्ष सेतबहादुर पुनलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकासकुमार केसी, जिल्ला फुबटल संघका अध्यक्ष सेतबहादुर पुन, जिल्ला खेलकदु विकास समितिका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठ, इन्द्र सिग्देल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
जिल्ला भलिबल संघ नवलपुरका अध्यक्ष तिलबहादुर खण्डलुक मगर अध्यक्षतामा भएको कार्यक्रममा सरोज महतोले स्वागत मन्तव्य राख्नुभएको थियो भने निराजन महतोको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको थियो । तालिम शनिबार सकिने छ ।
Post a Comment