Friday, January 26, 2018

महिला अधिकार र प्राप्तिका सवाल

शिल्पा लोचन
















३३ प्रतिशत महिला सहभागिताको कुरा गरिरहेको बेला अझै पनि राज्यका हरेक क्षेत्रमा महिला सहभागितामा भने अझै बृद्धि हुन सकेको छैन्। यो चासोको बिषय हो ।  महिलाहरुकै भरमा जीवन अडिएता पनि अझै पनि महिलाहरुलाई नै दोष दिने पुरुषवादी चिन्तनले भरिएको छ हाम्रो समाज। महिलाको शरीर  हेरेर त्यसको चरित्रको निकै खिल्ली उडाइरहेको हुन्छन्। सानैदेखि छोरी मान्छे धेरै हास्न हुन्न भनेर सिकाउदै आएको र त्यही वातावरणमा हुर्केका महिलाहरुलाई रुन सिकाईरहेको हुन्छ। त्यसो भए महिलाहरु खुलेर हास्न नी नपाउने त? महिला निकै संम्वेदनशिल हुन्छन्। थारै खुशीमा पनि जीवनको अर्थ भेट्ने हुँदा र पुरुषको सानो सहानुभूतिमा पनि सन्तोष मान्ने हुनाले पुरुषवादी चिन्तनले महिलाको मानसिकतालाई साँगुरो बनाउँदै लगेको हो । महिला दिल खोलेर हाँस्न पनि उसले सयौ बन्धनहरु तोड्नु पर्ने कस्तो अचम्म ?
सानैदेखि रूने काम छोरी मान्छेको झोलीमा हालेपछि कसरी उनीहरु नेतृत्वसम्म पुग्लान त ?  यो समाजमा  कतै छोरा मान्छे रोएको देखे भने  ठूलाबडा घरको सदस्यहरुले बाबु केटी मान्छे झै रुन हँुदैन भन्छन्। के त्यसो भए रूनु, भावुक हुनु महिलाको कमजोरी हो त ?  के  सम्वेदनशिल हुनु महिलाको कमजोरी हो त ? 
कसैको अगाडि निश्चल मन प्रस्तुत गरेर  मुसुक्क हास्यो भने उसको व्यक्तिगत चरित्र बारे प्रश्न उठाउँछन्। यही त हो हाम्रो समाजको स्तर ।  श्रृंगार गरे उत्ताउली र नगरे पाखे भन्ने यही समाजका मान्छे हाईन्?  अहिलेको २१ आंै शताब्दीमा पनि महिला पुरुष फरक ग्रहबाट आएको मान्छे जस्तो व्यवहार गर्छन्।
प्रवृधिकोे विकासको बृद्धि भए पनि मानसिक्ता भने उही पुरानो छ । आदी मानवको सोचले महिला हुनुको पीडा त झन जागिरे महिलाहरुलाई छ । अफिसमा हाकिमको नजर परे सम्म त्यो ठाउँमा राम्रै गरी टिक्छ तर जव हाकिमकै बराबरको विचार राख्न थाल्यो भने उस्लाई त्यहाँबाट नै बाहिर गराउँछन्।
‘पोथी बासेको सुहाउदैन’ भन्ने उक्तिसंग व्यवहार गर्नेहरु त्यो आदी मान्छे न मानव हो न बादर नै हो ? नारीले आफ्नो अस्मिता बारे बोल्दा नी उसको बारेमा गलत सावित गर्ने कस्तो समाज । अधिकार मागेर नारी बोल्ने हो भने त्यसलाई दबाइन्छ उसको आवाजको केही कदर हुदैन् । महिलाहरुको हरेक पक्ष कमजोर हुन्छ भन्ने  मानसिकता रहेको छ । महिलाहरुको श्रृंगार र उसको चालसंग उत्साहित हुने पुरुषवादी चिन्तनको उपज कसरी सुधार गर्ने त ?

हामी र हाम्रो वरिपरि रहेको  महिलाहरुलाई मनोरञ्नको लागि र देखावटी नंग्नतामा उतारेर रक्सीको होडि· बोर्डमा झुन्याउछन् । कुनै पनि फिल्मको पर्दामा होस् या सामान्य कार्यक्रममा महिलाको उपस्थितिलाई निकै कमजोर बनाइदिन्छन्। महिलाको संम्बेदनशिल अंगको प्रदर्शन गरेर धेरै संघसंस्थाहरु चलेका छन्। पर्दामा रहेको महिला पात्रहरुको लवाईमा र उसको मुस्कानको मूल्य तोक्छन्। के महिला विकाउको सामान हो जस्लाई खुद्रा पसलको सस्तो दर भाउमा बेच्ने ?  महिलाहरुलाई कोमल छन् भनेर जिम्मवारीबाट बाहिर छाडिनु के पुरुषवादी चिन्तन होइन्?  श्रृंगारका नाममा चुरा पोते सिन्दुर लगाएर एउटा घेरामा सीमित पारिनुले महिलाहरु अझै पनि पाषण युगको बर्बतामा बाँचेका छन् । सोचको एउटा साँगुरो सिक्रीले बाँधिएको मानसिकतामा धक फूलाएर आफ्नो बारे कसरी भन्ने बारेमा एउटी महिलाले अझै सोच्नुपर्छ । हातमा चुरा नलाएर कतै हिडेको देखे भने यही समाजले कुरा काट्छ । तर यही समाजको महिलाहरुको चरित्र हत्या गरी नाङ्गो पारेर वेस्या बनाउने समाज यही होइन ?
हुन सक्छ मेरो भनाइले महिलावादीहरुले विरोध गर्नुहोला तर हामीलाई हाम्रो स्थान नमिलेको पनि पितृसत्तात्मक सोच नै हो। यही सोचको कारण हरेक कुराको सामना गर्नु परेको छ। अझै पनि हामी समाजले तोकिदिएको सीमित सिमामा अल्झिएको छौं। के हामीले त्यति सीमित क्षेत्रमा हामी खुशी हुन सक्छौं। के कसैले अड्कलेको सिमाले हाम्रा चाहानाहरु पुरा हुन्छ ?  हो मलाई थाहा छ अलिकति यर्थात कुरा भन्यो सबैको मनमा एक किसिमको हुतहुती चल्छ तर सत्य निकै तितो हुन्छ । जागिरे महिला घरबाट हिडेदेखि घर नपुग्दासुम्म कति मान्छेको नजरबाट तिरस्कृत हुन्छे। हामी सबैलाई थाहा छ, घरको छोरी बाहिर गइ बाउ, दाइ, अंकल सबैलाई एउटा डर रहन्छ किन भने उनीहरु अर्को घरको छोरीको बारेमा त्यस्तै सोच राख्छन् र उसंग अन्तरंगको कुरा गर्न कुनै साँगुरो ठाउँमा एक्लै पार्न चाहान्छन्। के यही होइन त हाम्रो समाजको धरातल ?
म एउटा उदाहरण दिन्छु । एक दिन सामान्य हिसाबले चलिरहेको दैनिकी भन्दा फरक भो स्कुले साथी भेटियो चिया पिउदै थिएँ। यसको स्पष्टिकरण दिनुपर्छ । कुनै दिन अफिसबाट यसो समय निकालेर बाहिर पसलमा चिया पिउँदै गरेको नचिनेको मान्छेको टेबलमा बस्दै थिए। फोनमा बाल्दै खाजाको पर्खाइमा थिए। भुसालको त्यो पसलमा एक जना ४५ बर्षको उमेरको नेटो काटेको परिपक्क पुरुषसंग म ठिक अगाडि थिए । मलाई याद छ त्यो मेरो बाबाको उमेरको व्यक्ति हो उसले शरीरको आकार हेरेर मेरो श्रृङगारहिन आँखाको फाइदा उसको पुरुषबादी सोचसंग गाँसेर एकान्तमा भेटौ विदा छ भन्यो । के त्यो पुरुष मेरो शरीरसंग खेल्न चाहेको थिएन ? महिलाको शरीर के खेलौना हो ? जस्को लागि महिलाहरु शरीर सुम्पन्छ भन्ने सोच राख्छन् । के तिनीहरु पाखन्डी होइन ?
 जीवनको निकै करिब राखेर उसैको पूजा गर्ने नारीलाई एउटा खेलौना मान्छन् र उनीहरुको इसारामा चल्ने पाल्तु मान्छन् । महिला मै निर्भर रहनेहरु एकान्तमा किन चाहान्छन ?  नारीहरुको काख र प्रेममा हुर्केकाहरुले त्यो सम्मान गर्न सक्दैन ? हामी अब बिस्तारै उठ्नुपर्छ । नारीहरुको एउटा शक्ति माथि उठाउनुपर्छ । पुरुषभन्दा कमी हामी होइनौं पनि । मास्टर पढेर निकै माथि उठ्न लागेको एउटी केटीको गन्तव्य बिहेको नाममा सकाउने होइन्। नारी शक्तिको रुप हो कसैले त्यस्को उपभोग गर्न पाउदैन्। समान रुप हो नारी पुरुषको। नारी पुरुषको संरचनालाई बिरुप पार्ने तत्व पनि त यही समाज हो। हामीले यस्लाई परिवर्तन गर्नुपर्छ।
 शताब्दी साल परिवर्तन भयो । तर अझै पनि कुसस्कार र रुढीग्रस्त  मानसिकताको शिकार महिलाहरु भएका छन् । कुनै एकान्तको खेलौना बनाएर महिलाहरुलाई शोषण हुँदासम्म महिलावादी किन पुरुषवादी चिन्तनका   पृष्ठपोषण गरेको छन् त । श्रृंगार गरेर मुर्ति जस्तो सजिदैमा उसको सुन्दरता कहाँ झकिन्छ त ? शास्त्रले भने झै ३२ गुणहरु बाकेर फ्रेममा सजिनुको अर्थ त के काम ? कुनै पुरुषको विचारको ओकालत गर्दैमा समाजको स्तरमाथि उठ्ने हो भने महिलाहरु कमजोर हुनेनै थिएनन्।
महिलाहरु महिलाकै आँखामा खस्किदै जाने हो भने आम महिलाहरुको समस्याहरु जहाको त्यही रहन्छन् । गरिब र फोहोरी कपडा लगाएकी महिला बोक्सी भन्ने समाजको हामीले जबाफ दिन सकेको छैनौ । के महिलावादीहरु यस्को बिषयमा सोच्नुपदैन । गरिब महिलाहरुको  नाममा आएको पैशामा गहना किनेर श्रृङगार गदैमा कहा नारीवादी हुन्छन् र ?
कहिलेकाही लाग्छ हामीले जिउने गरेको समाज पशुसम्मान छ । आफ्नै घरको भन्दा बाहिरको नारी सबै खराब हो भन्ने मानसिकता बोकेकोहरुले के पशुको स्तर जताउदैन र?
अँ अफिसको काम सकाएर घरको काममा बारे पुरुषले प्रश्न उठाउनु ठिक हो त ? घर बालबच्चा के पुरुषले पनि हेनै पदैन ? महिलाहरुको सहयोग गरेर आफ्नो जिम्मेवारीबाट भाग्न मिल्छ ?
 म जागिरे महिला ? घरको काम सकेपछि प्राय बाहिर हुन्छु । तर घर छेउकी छिमेकी  सधै घर बस्छिन र भन्छिन, तपाई त आजभोलि निकै साँझ आउनुहुन्छ किन ? तपाईलाई बाहिर हुँदा गाली गर्दैनन् ? त्यो त उनको स्तर हो। तर अफिसको हाकिमको त्यही प्रश्न गर्दा भने महिलाको स्तर दोस्रो बनाएकोमा आक्रोश जागेर आउँछ। चिया पसलमा चिया पिउनुको पनि उत्तर दिनुपर्ने ? यही त परिर्वतन गर्नुपर्नेमा हामी लाग्नुपर्छ, चिया पसलको सँगै बस्ने अर्का को हो ? उसको बारेका बुभाउनुपर्छ त ? हामीले बुझ्ने हाकिम र उसको सोच भन्दा  तपाईलाई घरबार बिर्गला भन्ने डर लाग्दैन । कता हो आजभोली त तपाई निकै हिड्न्हुन्छ नि ? कहा जानुभएको । मेरो अगाडी भन्नेहरु महिलाहरु नै हो किन भने उनीहरु अझै पनि पुरुषबादी मानशिक बिरामी छन् । मैले जे गरु जे खाउ जे लाउ जसो गरु जहासुकै जाउ किन चासोृ अनावश्यक ? मैले जागिर गर्छु स्वाभिमान भएर आफ्नो खुट्टामा उभिएर आधार बनाउएकी छु तर किन यी र यस्ता सोचको भूमरीमा परेको छु । के म अझै पनि समाजको साँगुरो पर्खालहरुको बीचमा च्यापिएकै छु त? हो रबिन्द्र ठाकुरको कवितामा झै घरयासी साँगुरा पर्खाल मक्किएको छ त समाज ? अह छैन । पूराना पुर्खाले यसरी जरा गाडेर बसेको छ । यसबाट बाहिर आउन त अझै समय लाग्छ ? यस्को निम्ति हामी समाजमा रहेको पुरानो चिन्तनलाई हटाउन पर्छ । हामी कमजोर छैनौ यस्को लागि विचारको एउटा बिरुवा हुर्काउन छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal