Thursday, February 1, 2018

संरक्षित क्षेत्र बनाउन माग

नवलपुर । नेपाली कंग्रेश नवलपुरको विस्तारित जिल्ला समितिको बैठकले थारु जातीलाई अल्पसङ्ख्यक र मगर पिछडिएको विशेष संरक्षित क्षेत्र बनाउन माग गर्ने निर्णय गरेको छ । 
प्रदेश नम्बर ४ मा नवलपुर जिल्लामा मात्रै थारु समुदाय रहेकोले यो समुदायको उत्थान र राज्यको मुलधारमा ल्याउन अल्पसङ्ख्यक संरक्षित क्षेत्र बनाउन केन्द्र र प्रदेश सरकार समक्ष माग गर्ने निर्णय गरेको जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिनुभयो । 
नेपालमा ७ प्रतिशत थारु जाती रहेपनि ४ नम्बर प्रदेशमा १ प्रतिशत भन्दा कम रहेकाले विशेष संरक्षित क्षेत्र बनाई ती समुदायको उत्थान गर्न माग गरेको सभापति लामिछानेको भनाई छ । नवलपुरको उत्तर भेगमा मगरको वाहुल्यता भएपनि पिछडिएकाले ती समुदायको उत्थान र जातीय पहिचानका लागि संरक्षित क्षेत्र आवश्यक रहेको उहांले बताउनुभयो ।
सभापति लामिछानेका अनुसार बैठकले नवलपुरको पहाडी क्षेत्रमा ईलाका स्तरीय सरकारी कार्यालय स्थापना गर्न माग गर्ने, त्रिवेणी नवलपुर हुंदै पोखरा राजमार्ग बनाउने, पहाडी गाउंपालिकाहरुमा जनशक्ति तत्काल परिपुर्ति गर्न माग गर्ने निर्णय गरेको छ । त्यसैगरि चैत्र भित्र नवलपुरको विस्तारि भेला बोलाएर जिल्ला कार्यसमिति पूर्णता दिने, विभागीय जिम्मेवारी तोक्ने, पाटीको मर्यादा क्रम तय गर्न हेमराज कोईरालाको नेतृत्वमा समिति गठन, संगठन सुधार अभियान सञ्चालन लगायतका निर्णय भएको छ ।
वैठकमा पूर्व केन्द्रिय सदस्य एवम प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली, कांग्रेस नेता महेन्द्रध्वज जिसी, कांग्रेस भातृ तथा सुभेच्छुक संघ÷संगठनका जिल्ला सभापति, कांग्रेसबाट निर्वाचित जनप्रतिनीधि, जिल्लाबाट नेतृत्वमा रहेका केन्द्रिय सदस्य तथा पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य उमेदवार वृन्दा आले राना, जित वहादुर विक, सुरेन्द्र पाण्डे लगायतले मतदान गरेर विजय गराउन आग्रह गर्नुभएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal