Thursday, February 1, 2018

नवलपरासीमा कांग्रेस संगठन सञ्चालनमा अझै अन्यौल

नवलपरासी । केन्द्रको परिपत्र नहुंदा विभाजित नवलपरासीमा कांग्रेस संगठन सञ्चालनमा अझै अन्यौल भएको छ । भातृ संघ, संगठन विस्तार र परिचालन गर्न समेत अन्यौल बनेको छ । 
विहिवार कांग्रेस महामन्त्रि सहित रहेको बैठकमा महामन्त्रि डा. शसाङ्क कोईरालालाई केन्द्रीय समितिले तत्काल यो विषयमा निकासका लागि जिल्लाका कार्यकर्ताहरुले आग्रह गरेका थिए । बैठकलाई सम्बोधन गर्दै महामन्त्री कोईरालाले  प्रदेश संरचना अनुसार काम गर्न जिल्ला नेतृत्वलाई निर्देशन दिनुभएको छ । 
पार्टीको अव हुने वैठकमा नवलपुर र परासीमा छुट्टा छुट्टै जिल्ला कार्य समिति बनाउने र सोही अनुरुप भातृ संग संगठन बनाउन निर्णय गराउने जानकारी दिंदै चुनाव पराजयको विषयमा माघ २४ गते पछि वृहद समिक्षा गर्ने बताउनुभयो । उहांले संगठन निमार्णका लागी केन्द्रिय समितीको वैठकवाट नै ठोस निती सार्वजनिक गर्ने वताउनुभएको छ । 
पार्टिको जिल्ला कार्यलय विपि भवन निमार्णका लागी आफुले सक्दो सहयोग गर्ने समेत जानकारी दिनुभयो । त्यस्तै वैठकमा वोल्दै कंग्रेशका केन्द्र्रिय सदस्य सुरेन्द्र पाण्डेले निवार्चनमा परिणम अनुसार अव पार्टि सुदृढिकरणदेखी समिक्षा गरेर अगाडी वढ्नुपर्ने धारणा ब्यक्त गर्नुभएको छ । 
उहांले कम्युनिस्टहरु एकिकृत भएका वेला लोक्तान्त्रिक पक्षधरहरु पनि एक भएर लाग्नुपर्र्नेे बताउनुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal