नवलपरासी, १८ माघ । नवलपरासीको मध्यविन्दु नगरपालिका १० अरुणखोला जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक जना पुरुषको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले दिएको जानकारी अनुसार डिएल १ जी ० ३३८ नम्बरको भारतीय ट्रकको ठक्करबाट अन्दाजी ३५ बर्षीय पुरुष व्यक्तिको घटना स्थलमै मृत्यु भएको हो । उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
गहु गोरो वर्णको ५ फिट ४ इन्च उचाई भएको पातलो सरिर, लाम्चो अनुहार, कालो ज्याकेट र निलो जिन्स पाइन्ट लगाएको उनको शव पोष्टमाटर्मका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment