नवलपरासी – शास्वत धाममा ३५ औ बसन्त महोत्सव शुरु भएको छ । धर्मो रक्षती रक्षित –धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै शास्वत धाममा बसन्त महोत्सब शुरु भएको हो ।
भारतको राजस्थान स्थित झुन्झुनु मन्दिरमा रहेकी राणीसति जादीजीको मुर्ति ल्याएर यहाको धाममा बिधिवत पुजाअर्चना शुरु गरिएको हो ।
यसलाई बिभिन्न स्थानमा उत्सबकारुपमा मनाउने प्रचलन अनुसार यो वर्ष शाश्वत धाममा महोत्सबका रुपमा मनाइने भएको हो ।
बिहिवार बिहान भरतपुरवाट गैडाकोटसम्म बिभिन्न झाकी , बाजागाजा हात्ति, घोडा सहितको कलश यात्रा गैडाकोटसम्म आएको थियो । कलश यात्रामा राणीसतीजीका अनुयायि र सर्बसाधारणको सहभागिता रहेको थियो । महोत्सवकालागि २ हजार भारतिय भत्तजनहरु आएका थिए भने त्यतिकै संख्यामा नेपालीहरुको पनि सहभागिता रहेको थियो ।
शास्वत धाममा शुरु २ दिने मनाइएको बसन्त महोत्सबमा राणीसतीका अनुयायिहरुले आआफनो क्षेत्रका शास्कृतीक झांकी प्रस्तुत गरेका थिए । शास्वत धामसंग पशुपतिनाथ , आर्ट अफ लिभिंग बेंगलोर,कान्चिकामाकोटीसंग धार्मिक एवं सास्कृतिक सम्बन्ध स्थापित भैसकेको छ ।
बसन्तमहोत्सबपछि राणीसतीजी मन्दिरसंगपनि यो सम्बन्ध स्थापित भएको छ । शास्वत धामले आगामिदिनहरुमा बिश्वका सनातनधर्मसंग सम्बन्धित बिख्यातसंस्थाहरुसंग धार्मिक एवं सामाजिक सम्बन्ध स्थापित गर्दै जाने निति लिएको छ ।
शास्वत धाममा शुरु भएको बसन्त महोत्सबमा बोल्दै शास्वपत धामका फाउन्डींग टस्टी बिनोद चौधरीले यस्तो महोत्सब गर्न पाउदा मलाई खुशिलागेको र आगामि दिनमा पनि यस्ता कार्यक्तमलाई प्राथामिकता दिदै जाने बताए । उनले यस्ता सास्कृतिक कार्यक्रमले द्धिपक्षिय हित सस्कृति सम्बन्ध सम्बर्धनमा महत्वपुर्ण भुमिका खेल्ने चर्चा गरे । सनातन धर्ममा बिश्वास राख्नेहरुकालागि यस्तो कार्यक्रमले नजिक्याउने बातावरण बनाउन सघाउने बिश्वास ब्यक्त गरे ।
बसन्त महोत्सबका संयोजक रमेश कुमार पतोदियाले नेपालमा तेश्रो पटक बसन्त महोत्सब गर्न पाउदा सबै भारतियहरु खुशि भएको बताए । उनले यसअघि नेपालकै बिरगंज (१९९५) र काठमाण्डौमा (२००६) यस्तै बसन्त महोत्सब सम्पन्न गरिसकिएको जानकारी दिए । शास्वतधाम जस्तो पबित्र भुमिमा बसन्तमहोत्सब आयोजना हुनु नेपाल र भारतीयहरुका लागि अत्यन्त शुखद भएको चर्चा गरे ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment