प्रेमचन्द रौनियार
नवलपरासी, ४ फाल्गुन ।नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउंपालिका ७ व्यारेज पुलबाट प्रहरीले लागू औषध सहित नवलपरासीका दुई जनालाई पक्राउ गरेको छ ।
पुलको सुरक्षाका लागि खटिएको नेपाल प्रहरीको टोलीले चेक जांच गर्ने क्रममा भारतबाट नेपाल आउंदै गरेको दुई जनालाई लागू औषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासीको प्रतापपुर गांउपालिका २ निवासी २४ बर्षीय लालु यादव र बर्दघाट नगरपालिका निवासी २० बर्षीय ईश्वर थापा रहेको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी निरीक्षक हरिप्रसाद धोवीले बताए ।
उनीहरुको साथबाट २४ थान नाइट्रोभेट र ५८ थान स्पाइनो नामक लागू औषध बराम गरेको प्रहरी निरीक्षक धोवीले बताए ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासोती पठाइएको छ ।

Post a Comment