Saturday, February 17, 2018

त्रिवेणी हुंदै पोखरा जाने मार्ग प्रदेश सरकारको पहिलो प्रथामिकताः मुख्य मन्त्री गुरुङ्ग

अर्जुन अविरल

नवलपुर । प्रदेश नम्बर ४ का मुख्यमन्त्री भएपछिको पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले चार नम्बर प्रदेशको नाका त्रिवेणी हुंदै पोखरा जोड्ने सडक निर्माण आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । 

शनिबार नवलपरासीको देवचुली नगरपालिकामा रहेको जनज्योति माविको स्वर्ण महोत्सवमा सम्बोद्धन गर्दै उनले आफ्नो योजना सार्वजनिक गरेका हुन् । 

उनेले कोरला, पोखरा हुदै नवलपुरको सुस्ताको वित्रेणी नाकासम्मको लाईफलाईनको रुपमा रहेको बाटो निर्माण नै प्रदेशको पहिलो योजना रहेको बताए । 
उनले भने जबसम्म बाटो निर्माण हुदैन तबसम्म नवलपुरसंग प्रदेश राजधानी पोखरासंगको सम्बन्ध प्रगाढ हुन सक्दैन त्यसैले मेरो यो बाटो निर्माणलाई मरो पहिलो पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नेछु । 
त्रिवेणी हुंदै नवलपुरको कावासोतीबाट डेढगाउं बुलिंगटार, भिमाद हुंदै पोखेरा जोड्ने मोटरबाटो खुले यहांका बासिन्दालाई आफ्नो प्रदेशको राजधानी जान अन्य प्रदेशको बाटो प्रयोग गर्नु पर्दैन भने झण्डै ६ देखि ८ घण्टा लाग्ने पोखराको मोटरबाटो दुई दुई देखि ३ घण्टामा छोटिने छ । 
मन्त्रिपरिषदको पहिलो वैठक शुक्रवार मात्रै बसेको बताउंदै उनले प्रदेश ४ लाई २ वर्षभित्रमा  सबको घरघरमा बत्ती पुर्याउने, प्रदेश ४ लाई उज्यालो प्रदेश बनाउने , सबैको पहुचमा शिक्षा पुर्याउने ,  २ वर्षभित्र सबैको घरघमा पानीको धारा पुर्याउने  जस्ता निर्णय भएको बताएका थिए ।
यस्तै मन्त्री सुब्बाले प्रदेश ४ औधोगिक क्षेत्रमा केहि पछि परेकाले  आगामि ५ वर्षभित्रमा कम्तीमा ३ ठाउमा औधोगिक क्षेत्र स्थापना गर्ने बताए । जसमध्ये एक नवलपुरलाई समेत छनौट गरिने उनले बताए । 
पर्यटकिय क्षेत्रका रुपमा पनि ४ नम्बर प्रदेश अन्य प्रदेशको तुलनामा धनी रहेको तर्क गर्दै  पोखरादेखि नवलपुरसम्म पर्यटक आउने वातावरण बनाउका लागि कालीगण्डकी करिडोर निर्माण संगै  कालीगण्डकी नदिमा जलयात्रा जस्ता योजनालाई कार्यान्यन गरेर आगामि ५ वर्षभित्र प्रदेश ४ लाई नमुना प्रदेश  बनाउने प्रतिबद्धता जनाए ।
२०२२ सालमा स्थापना भएको यस जनज्योति मावि यस क्षेत्रकै पुरानो विद्यालय हो । 
विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पुरा गरेको अवसरमा एक वर्षे कार्यक्रम सहित स्वर्ण वर्ष मनाएको छ । 
गत बर्ष महोत्सव आयोजना गरेर निर्माण गरिएको विद्यालय परिषरमा रहेको धरहराको प्रतिमुर्तीको पनि मुख्यमन्त्री पृथ्वी सुब्बाले शनिबार अनावरण गरेका थिए । 
शनिवार स्वर्ण महोत्सव कार्यक्रमलाई समापन गरिएको हो । 
कार्यक्रममा प्रतिनिधीसभा सदस्य तिलक महत , प्रदेश सभा सदस्य रोशन वहादुर गाहा प्रमुख जिलला अधिकारी सम्धु प्रसाद मरासिनी लगायतको सहभागिा रहेको थियो ।  

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal