Thursday, February 1, 2018

भलुही खोलाको नदीजन्य वस्तु निकासीमा स्थानीयको अवरोध

नवलपुर । नवलपरासीको सरावल गाउपालिकाले भलुही खोलामा नदीजन्य वस्तु निकासीमा स्थानीयले अवरोध गरेका छन् ।
भलुही खोलामा ठेक्का लगाएसंगै ठेकेदार कम्पनीले नदिजन्य पदार्थको निकासी सुरु गरे लगतै स्थानीयले अबरोध गरेका हुन् ।
स्थानीयले आफुहरुको लगानीमा बनाएको बाटोमा नदिजन्य पदार्थ बोकेका सवारी संचालन गर्दा सडकको संरचना बिग्रिने भएको कारण देखाउंदै अवरोध सिर्जना गरेका हुन ।
उनीहरुले गाउपालीकाले खोला ठेक्का लगाउदा आफुहरु संग कुनै सर सल्लाह नरेको र एक्कासी ट्याक्टरहरु खोलामा गएर नदिजन्य पदार्थ निकासी गर्न थालेपछि बासा चोक भएर नयाटोल हुदै खोला सम्म पुग्ने बाटोमा गाडि संचालन हुन नदिने बताउंदै अवरोध गरेका हुन् ।
खोला ठेक्का लगाएकोमा आफुहरुको कुनै विरोध नभएको र निकासीका लागि भने बैकल्पीक बाटो प्रयोग गर्नुपर्ने स्थानिय कृष्ण प्रसाद भट्टराईले बताए ।
सरावल गाउपालिका प्रमुख राधेश्याम चौधरीले स्थानीयले ठेक्का रकमको हिस्सा माग गरेमा आफुहरु उपलब्ध गराउन तयार रहेको र बैकल्पीक बाटोको विषयमा छलफल गर्न आफुहरु तयार रहेको समेत बताए ।
यस अघिका बर्षमा पनि प्रत्येक बर्ष स्थानियले निकासीमा अवरोध गर्दै आएका थिए । स्थानियको अवरोध पछि बैकल्पीक बाटोको प्रयोग गरी नदिजन्य पदार्थको निकासी गर्दै आएका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal