नवलपुर । भिजिट भिसामा दुवई गएका नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १० ध्रुवटोलका लेखप्रसाद गौतम २ हप्ता अगाडि जेल परेका छन् । उनी जेल परेपछि उनको रिहाईको लागि पहल गरिदिन उनका परिवारले आग्रह गरेका छन् ।
२०७३ भदौ महिनामा दुवई गएका गौतम भिजीट भिजाको समय सकिएर अवधि थपका लागि प्रक्रिया चाल्दै गर्दा पक्राउ परेको उनकी श्रीमती सुनिता गौतमले बताए ।
नेपाल फर्किनका लागि दुताबासबाट ट्राभल पेपर लिएर प्रहरीलाई बुझाउन जांदै गर्दा पक्राउ गरेको सुनीताले बताए ।
यसैबीच भिजा सकिएपछि पनि अबैध रुपमा बसोबास गर्दैआएको भन्दै अदालतले गौतमलाई जरीवाना बापत ४६ हजार दिराम तिर्नुपर्ने बताए पछि अहिले आर्थीक संकलनका लागि अभियान सुरु गरिएको छ ।
लुम्विनी सेवा समाज कुवेत नेपालका अध्यक्ष रुपेन हमाल र दुवईमा रहनुभएका मनन गुरुङले आर्थिक सहयोग संकलन अभियान सुरु गरेका हुन् ।
अदालतमा १२ सय दिराम बुझाईसकेको र ४६ हजार दिराम जरीवाना तोकिएपनि फेव्रुअरी २ तारिकसम्म २ हजार दिराम बुझाए नेपाल फर्किन अनुमति दिने अदालतले बताएसंगै २ हजार दिराम बराबरको सहयोग रकम तत्काल संकलन गर्नुपर्ने भएकोले तत्काल सहयोगका लागी लुम्विनी सेवा समाज कुवेत नेपालका अध्यक्ष रुपेन हमालले अनुरोध गरे ।
गौतमलाई उनका साथी गोर्खाका कर्ण ढकालले भिजिट भिजामा दुवई बोलाएका थिए ।

Post a Comment