Sunday, February 25, 2018

फाल्गुन १५ गते विदा गर्न मगरको माग

नवलपुर । ३६ औ मगर एकता दिवसको अवसरमा नवलपुर जिल्लाका सम्पुर्ण सरकारी तथा गैरसरकारी संघ सस्थाहरु बन्द गर्नुपर्ने नेपाल मगर संघ जिल्ला कार्य समिति नवलपुर माग गरेको छ ।
नेपाल मगर संघ जिल्ला कार्य समिति नवलपुरले आइतवार सोहि विषयमा  जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरेको छ ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय नवलपुर र नवलपुर क्षेत्रमा रहेका ८ वटा स्थानीय तहमा ज्ञापन पत्र बुझाएको नेपाल मगर संघ नवलपुरका अध्यक्ष इन्द्रफाल मगरले बताउनुभयो ।
मगर समुहदायहरुले हरेक वर्षको फाल्गुन १५ गते विविध कार्यक्रमहरुको आयोजना गरि मनाउने मगर एकता दिवसलाई भब्यताका साथ सहज तरिकाले सम्पन्न गराउन माग गदै जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख शम्भुप्रसाद मरासिनी समक्ष सो पत्र पेश गरेको हो ।
ज्ञापन पत्र बुझनुहुदै कार्यालय प्रमुख मरासिनीले उक्त पत्र  सम्वन्धीत निकायमा पठाईने बताउनुभयो ।
यसैबीच नेपाल मगर संघको २६ औ राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलन फाल्गुन १५ गते देखि काठमाडौमा सुरु हुने भएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal