कावासोती । नेपाल मगर संघ जिल्ला कार्यसमितीे नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुरको ११ औ जिल्ला अधिवेशनले इन्द्र फाल मगरलाइ अध्यक्षमा चयन गरेको छ ।
कावासोतिमा भएको बन्दसत्रले इन्द्र फल मगरलाइ अध्यक्षमा चयन गरेको निर्वाचन सयोजक बाबुराम रानाले जानकारी दिनुभएको छ ।

यसैगरी सचीवमा भुम बाहादुर राइ तथा कोषाध्यक्षमा देविसरा पुलामी चयन हुनुभएको र उपाध्यक्ष सहीत अन्य पदको लागी सहमतिको प्रयास भैरहेको निर्वाचन सयोजक बाबुराम रानाले जानकारी दिनुभएको छ । आज जारी बन्द सत्रले २१ सदस्यीय नया कार्य समीति चयन गर्ने छ ।
नेपाल मगर संघ नवलपरासीको ११ औ अधिवेशनको खुल्ला सत्र बर्दघाटमा सम्पन्न भएको थियो ।

Post a Comment