कावासोती, १४ फाल्गुन । नयां नेपाल सहिद स्मृति प्रतिष्ठान कावासोतीले सहिद सप्ताहा अन्तरगत आज कावासोतीमा सहिद परिवारलाई सम्मान गरेको छ ।
जनयुद्धका पहिलो सहित दिलबहादुर रम्तेको स्मृतिसंग जोडेर सहिद सप्ताहा अन्तरगत आज सहिद परिवार सम्मान गरिएको हो ।
कार्यक्रममा सहिद लक्ष्मण सोती मगरका दाजु कुलबहादुर सोती मगर, सहिद रेशमलाल भुसालकी श्रीमती शिवकुमारी भुसाल, सहिद धनश्याम ज्ञवालीका छोरा कमल ज्ञवाली, सहिद बाबुराम खनालकी छोरी सीता खनाल र सहिद फुलमाया सारु मगरका दाजु बेलबहादुर सारु मगरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सहिद परिवारहरुले सहिद जुन सपना देखेर बलिदानी दिए ति सपना अझै पुरा हुन नसकेको गुनासो गरेका थिए ।
नयां नेपाल सहिद स्मृति प्रतिष्ठान फलफूल चोक कावासोतीमा भएको कार्यक्रममा सहिद धनश्याम ज्ञवालीका छोरा कमल ज्ञवाली, सहिद फूलमाया सारु मगरका दाजु बेलबहादुर सारु मगर, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य किशान शर्मा गैरे, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुल, नयां शक्ति पार्टी नवलपुरका संयोजक मोति रिजाल लगायतले बोल्नुभएको थियो ।
नयां नेपाल सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष पिताम्वर तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बाबुराम पोख्रेलले गर्नुभएको थियो ।
त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) नवलपरासीले जनयुद्धका शहिदहरुको
स्मृतिमा बलिदान दिवस मनाएको छ ।
आज बर्दघाटमा एक कार्यक्रम गरी बलिदान दिवस मनाएको हो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य केबी गूरुंगले शहिदहरुले देखाएको बाटोमा हिडे मात्र शहिदहरु प्रति श्रद्धाञ्जली हुने बताउनुभयो ।
कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी) नवलपरासीका सेक्रेटरी संकल्पको अध्यक्षता जिल्ला सचिवालय सदस्य समरको संचालनमा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्यहरु विवेक र चोलाले समेत बोल्नुभएको थियो ।
माओवादीले फागुन १४ देखि २१ गतेसम्म शहिद सप्ताह मनाउने गरेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment