कावासोती, १४ फाल्गुन । रङहरुको पर्व भनेर चिनिनेर पर्व होली नजिकिंदै गर्दा यसको रौनक बजारमा बढेको छ । होलीका लागि आवश्यक पर्ने रंग, अविर, लोला, पिच्केरी जस्ता वस्तुहरु बजारमा किनमेल शुरु भईसकेको छ ।
होली बर्षको दुश्मनी विर्सेर एक अर्कामा रंग लगाई भाईचारा र सद्भाव कायम गर्ने तयार साथित्वको विकास गर्ने पर्व भएपनि होलीमा जबरजस्ती रंग लगाइदिने, लोला हाल्ने, महिलाहरुमाथि दुव्र्यवहार गर्ने जस्ता घटनाहरु हुने गरेकोे पाइन्छ । यसलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले विशेष सतर्कता अपनाएको जनाएको छ । कसैलाई इच्छा विपरित रंग लगाइदिने, लोला हान्ने, दुव्र्यवहार गर्नेलाई प्रहरीले कडा कारवाही गर्ने जनाएको छ ।
यसवर्षको होली १७ गते पहाडमा र १८ गते तराइमा मनाइदै छ ।
प्रत्येक बर्षको होलीमा बिभिन्न प्रकृतिका घटनाहरु हुने गरे पनि यस बर्षको होली पर्वमा त्यस्को घटना नहोस भन्न्ो उदेश्यले जिल्ला प्रहरी कार्यालय नवलपुरले बिशेष सुरक्षा योजना अपनाउने भएको छ ।
जिल्ला प्रहरी कायर्षलय नवलपुरले प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले होलीमा इच्छा विपरीत लोला हाने वा रंग लगाउनेलाई कारबाही गर्ने बताउनुभयो ।
जिसीले होलीका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताउनुभयो ।
त्यस्तै होलीका क्रममा गरिने ट्राफिक नियम उल्लङ्घन र लापरबाहीका कारण विगत वर्षमा हुने गरेका दुर्घटनाको क्रमलाई न्यूनीकरण गर्न विशेष सुरक्षा योजना ल्याइएको जिसीको भनाई छ । होलीका दिन ट्राफिक चेकजाँचलाई कडाई गरिने भन्दै उहाँले मापसे समेत चेक गरिने वताउनुभयो । अघिल्ला वर्षहरूमा झै बाटो छेकेर होली खेलेको पाइए समेत उनीहरूलाई नियन्त्रणमा लिइने प्रहरीको भनाइ छ ।
सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै प्रहरी टोलीलाई सिभिलमा खटाउने, गस्तिहरु बढाउने र कतै घटना भईहाल्यो भने त्यस स्थलमा तुरुन्त पुग्ने गरी प्रहरीलाई तयारी अवस्थामा रहने व्यवस्था मिलाएको जिसीले बताउनुभयो ।

Post a Comment