Thursday, February 1, 2018

नवलपुर जेसिजको पदहस्तान्तरण

कावासोती । नवलपुर जेसिज वर्ष २०१८ को नया“ कार्य समिती पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम छ ।
कावासोतीमा भएको पद हस्तान्तरण कार्यक्रममा जेसिजका राष्ट्रिय अध्यक्ष जेसी श्रीधर बस्याललको प्रमुख आतिथ्यता रहेको थियो वर्ष २०१८ मा नवलपुर जेसिजमा अध्यक्षमा त्रिभुवन तिवारी , कार्यकारी उपाध्यक्षमा राज कुमार सिग्देल , विष्णु भुषाल , उपाध्यक्षमा ओमकार घिमिरे , प्रकाश बस्ताकोटी, सुमन कुमार श्रेष्ठ , सुनिता सिग्देल चयन भएका छन ।
महासचिव र कोषाध्यक्ष पछि अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ । जेसिजमा एक ब्यक्ति एक नेतृत्व र एक कार्यकाल भन्ने मुल सिद्धान्त रहेको छ । जेसिजका विभिन्न शाखाका अध्यक्ष नवलपुर जेसिजका  संस्थापक वैकुण्ठ अर्याल , रेडक्रस उपशाखा कावासोतीका सभापती ऋषीराम कंडेल  लगायत जेसिजमा आबद्ध युवाहरुको सहभागितामा कार्यक्रम भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal