Tuesday, February 6, 2018

भ्यालेन्टाइन डेमा सौराहामा फुट फेष्टिबल

कावासोती । भ्यालेन्टाइन डेको दिन सौराहामा फुट फेष्टिबल हुने भएको छ ।
प्रेमीप्रेमिकाहरुलाई समेत लक्षित गरि आयोजना गरिएको फुट फेष्टिबल भ्यालेन्टाइन डे अर्थात माघ २८ गतेबाट शुरु भएर फाल्गुन ३ गते सम्म चल्ने छ ।
कावासोतीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फेष्टिबलमा नेपालमा रहेका विभिन्न जातजातिका खानाका परिकारहरु रहने छन् । फुट फेष्टिबलमा प्रेमपत्र लेखन प्रतियोगिता, उत्कृष्ठ खाना प्रतियोगिता, महिलाहरुबीच म्युजिकल चियर प्रतियोगिता, तेकवान्दो प्रतियोगिता लगायतका प्रतियोगिताहरु समेत सञ्चालन हुने छन् ।
रेष्टुरेष्ट एण्ड बार सशोसियसन नेपाल सौराहा चितवनको आयोजनामा हुन लागेको १२ औं सौराहा फुट फेष्टबलमा ५५ देखि ६० लाखसम्म खर्च हुने लक्ष्य रहेको संयोजक कपिल रेग्मीले बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal