Sunday, February 4, 2018

नवलपरासीका मात्रै एक सय २० जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु


कावासोती । आप्रवासन कामदार हकहित संरक्षण मञ्च नवलपरासीको तेस्रो साधारण सभा कावासोतीमा भएको छ । साधारण सभामा सहभागीहरुले वैदेशिक रोजगारीमा जानु अघि सम्बन्धित देशको भाषा, त्यसदेशको कानुन, आफूले गर्ने कामको तालिम सिकेर मात्र विदेशमा जानु पर्नेमा जोड दिएका थिए ।


साधारण सभामा सामी परियोजनाका नवलपरासी जिल्ला संयोजक उमाकला शर्मा, हेकोडेफ कार्यकारी निर्देशक सुरविर स्थापित, मध्यविन्दु नगरपालिकाका अध्यक्ष चन्द्रबहादुर राना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा मध्यविन्दु नगरपालिकाका धनेश्वर भुसालको रिहाईका लागि नवलपरासीमा आर्थिक संकलनमा सहयोग गर्ने ७० जना भन्दा बढीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा आप्रवासन कामदार हकहित संरक्षण मञ्चका अध्यक्ष बलबहादुर थापाले प्रगतिप्रतिवदेन र कोषाध्यक्ष टीका काफ्लेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरु आप्रवासी कामदारको हकहितका लागि सबै एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

नेपालबाट वैदेशिक रोजगारीमा जानेहरु मध्ये नवलपरासी पांचौं स्थानमा रहेको छ । त्यस्तै विदेशमा मृत्यु हुने संख्यालाई हेर्ने हो भने नवलपरासी नेपालकै तेस्रो स्थानमा पर्दछ । जसले गर्दा पनि नवलपरासी जिल्ला वैदेशिक रोजगारीमा जानेको संख्या र त्यहां हुने दुर्घटनाको हिसावले अत्यन्तै जोखिम पूर्ण रहेको जिल्ला हो । सामी परियोजनाका जिल्ला संयोजक उमाकला शर्माले

नवलपरासीका मात्रै एक सय २० जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको बताउनुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal