नवलपुर। नवलपुर उद्योग वाणिज्य संघ नवलपुरको आयोजनामा फाल्गुन २३ गतेदेखि आयोजना गर्न थालिएको नवलपुर महोत्सवको तयारी तिव्र पारिएकोे छ ।
कावासोतीको लुम्बिनी कलेज नजिकै रहेको खेल मैदानमा फाल्गुन २३ देखि चैत्र ४ गतेसम्म हुने महोत्सवका लागि स्टल निर्माण, स्टल दर्ता, सहयोगी संस्थाको खोजी, प्रचारप्रसार लगायतको तयारी तिव्र पारिएको नवलपुर महोत्सवका सुचना तथा संचारसंयोजक हरिषचन्द्र पोख्रेलले बताउनुभयो ।
महोत्सवमा नेपालकै होची महिलाको प्रदर्शनी, धरहराको प्रतिमूर्तिको प्रदर्शनी, उद्योग व्यापार तथा कृषि सम्बन्धी स्टलहरु रहने छन् ।
त्यस्तै महोत्सवमा दर्शकहरुका लागि फ्रि वाइफाइको व्यवस्था, घोडा रेस तथा बग्गी प्रर्दशनी, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, चौथो नवलपुर डान्स आइडिल लगायतका मुख्य आकर्षकहरु रहने छन् ।
३ सय वटा स्टल रहने महोत्सवमा १० करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको महोत्सवका लागि अहिलेसम्म २ सयको हाराहारीमा स्टल बुकिङ्ग भईसकेको सूचना तथा संचार संयोजक हरिषचन्द्र पोख्रेलले बताउनुभयो ।

Post a Comment