Monday, February 26, 2018

सुनवल नगरपालिकाको योजना तर्जुमा गोष्ठी

सुुनवल । नवलपरासीको सुनवल नगरपलिकाको आयोजनामा नगरपलिकाको सुक्ष्म योजना  तर्जुमा तथा अध्यावधिक र पुर्ण खोप दिगोपनाको लागि २ दिने गोष्ठी आजबाट सुरु भएको छ ।
तालिमको उदघाटन नगरपलिकाका प्रमुख भिमबहादुर थापाले गर्नुभएको थियो ।
कार्यक्रmममा नगरपलिका नगरउपप्रमुख दधिराम अर्याल, समाजिक बिकास प्रमुख हेमराज अर्याल, जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका प्रमुख अरुण कुमार महतो, सुनवल नगरपलिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, स्वास्य उपस्वास्थ्य चौकीका प्रमुख एवम प्रतिनिधिहरुको सहभगिता रहेको छ ।
कार्यक्रममा सुनवल नगरपलिकाका स्वास्थ्य शाखा संयेजक चुरामणि नेपालले  नवलपरासी जिल्लालाइ नै २०७० फागुन १४ गतेपुर्ण खोप घोषणा भएको जानकरी दिनुभयो ।
सुनवल नगरपलिकाका प्रमुख प्रसासकिय अधिकृत रामलाल श्रेष्ठको अध्यक्षतामा  भएको उद्घाटन कार्यक्रमकोसंचालन सुनवल नगरपलिकाका स्वास्थ्य शाखा संयेजक चुरामणि नेपालले गर्नुभएको थियो । गोष्ठी २ दिनसम्म चल्ने छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal