Tuesday, March 20, 2018

७ वटा मध्यवर्तीमा तालाबन्दी

कावासोती । नवलपरासीका निकुञ्ज पीडितहरुले आज पनि नवलपरासीका दुई वटा मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।
यस अघि उनीहरु ५ वटा मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरिदिएका थिए ।
उनीहरुले आज मध्यविन्दु नगरपालिका १५ मा रहेको गोसाइबाबा मध्यवर्ती उपभोक्ता समिति र विनयी त्रिवेणी १ मा रहेको दाउन्ने देवी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरिदिएको माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेले बताए ।
नवलपरासीका निकुञ्ज पीडितहरु संविधानमा सुरक्षित भएका नदीमा माछा मार्न पाउने आफ्नो पुर्खौली पेशाको अधिकारलाई सहज रुपमा प्रयोग गर्न पाउनु पर्ने माग गर्दै आन्दोलन गरेका हुन् ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal