Tuesday, March 20, 2018

प्रदेशको नाम जातीय पहिचानका आधारमा राख्न माग

कावासोती । आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले आदिवासी जनजातिको मुख्य अधिकार अझै प्राप्त नभएकाले आन्दोलन धाल्नुको विकल्प नभएको बताउनुभएको छ ।
आज नवलपरासीको कावासोतीमा आदिवासी जनजाति महासंघ नवलपुरले आयोजना गरेको नवलपुर स्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उहाँले आदिवासी भने काग तिहार, कुकुर तिहार, आदि आदिमा विदा दिइन्छ तर आदीवासी जनजातिका चाडपर्वहरुमा विदा दिइदैन यही निर विभेद भएको छ । उनले संविधानमा सबै जतजातिहरुले आफ्नो सांस्कृतिक पर्व मनाउन पाउने संस्कृतिको संरक्षण गर्न पाउने भनिएपनि त्यो कार्यान्वयनमा नआएको बताउनुभयो ।
प्रदेश र स्थानीय सरकार गठन पछि प्रदेश र स्थानीय सरकार संचालनका लागि प्रदेश र स्थानीय सरकारले बनाउने कानुनमा आदिवासी जनजातिका हक अधिकार समेट्नका लागि आदिवासी जनजाति महासंघले थालेको देशव्यापी अभियानको क्रममा आज नवलपुरमा पनि कार्यक्रम गरेको हो ।
त्यस्तै आदिवासी जनजाति महासंघका केन्द्रि उपाध्यक्ष गोविन्द छन्त्यालले आदिवासी जनजाति पटक पटक अरुको लागि लडे सहित भए तर अब आफ्नो लागि लड्ने बेला आएको बताउनुभयो ।
उहां आदिवासी जनजातिहरु जहाँ जुट पार्टीमा रहे पनि अब पार्टी भन्दा माथि उठेर जनजाति आन्दोलनमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
आदिवासी जनजाति महासंघले प्रदेशहरुको नामकरण गर्दा जातीय पहिचानको आधारमा राख्नु पर्ने, प्रदेश र स्थानीय सरकारहरुमा त्यहाँका जतजातिको बाहुल्यता रहेर सरकारी कामकागको भाषामा मातृभाषा पनि प्रयोग गरिने गरी निर्णय हुनु पर्ने लगायतका माग राख्दै अभियान थालेका हुन् ।
रामबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका संयोजक चेसराम आले, कावासोती नगरपालिकाका मेयर चन्द्राकुमारी पुन, मध्यविन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर राना, देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ लगायतको समेत सहभागिता रहेको थियो ।
त्यस्तै आदिबासी जनजातिको क्षेत्रमा सरकारी पहुच समान रुपले पुग्न नसकेको नेपाल आदिबासी जनजाती महासंघ संघिय परिषद सचिवालय अध्यक्ष जगत बरामले बताउनुभयो ।
आज विहान कावासातीमा आदिवासी जनजाति महासंघ नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहांले यस्तो बताउनुभएको हो ।
नेपाल आदिबासी जनजातीले उठाउदै आएको धर्म संस्कृति पहिचानको क्षेत्रलाई प्रवद्र्धनका लागी आवश्यक सहयोग नपुगेको समेत अध्यक्ष बरामले दावि गर्नुभयो ।
आदवासी जनजातिको हक हित बारे एकरुपता हुनुपर्ने  विषयमा आज कावासोतीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वोल्दै उहांले सो कुरा वताउनुभएको हो ।
अध्यक्ष बरामले आदिबासी जनजातिले नेपाल संघिय प्रणालीमा समेत बिभेद भएको गुनासो गर्नुभएको छ ।
कार्यक्रमको सञ्चलन नेपाल मगर संघ जिल्ला कार्यृ समिति नवलपुरका अध्यक्ष इन्द्रफाल मगरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal