अहिले उनी २३ बर्षकी भइन् पाँच बर्ष अगाडि उनी १९ बषर््ाकी हँुदा विवाह भएको थियो । बिवाह हुदा उनी १२ सम्मको अध्ययन सकेर बसेकी थिएन्। विवाह गर्ने उमेर नभएको भए पनी घरको आर्थिक, पारिवारिक र सास्कृतिक परम्पराले गर्दा गाउवाट करिव १ घण्टा नजिकको छिमेकी गाउको केटासंग उनको मागी बिवाह भएको थियो ।
विवाह पछि दुवै जना हाँसी खुसी रमाइलोसंग दिन विताउन थाले । एक महिनापछि उनको श्रीमान् श्रीमतिका रहरहरु, आफ्नो हुनेवाला सन्तानको भविश्य, परिवारको खुसी, अभिभावकको चाहानाहरु पुरा गर्न विदेसिए।
श्रीमान् विदेश गएपछि घरमा सासु ससुरा र उनी गरी तीन जना थिए । हाम्रो समाजमा अझै पनि बुहारीलाई कजाउनु पर्छ भन्ने परम्परागत रुढीवादी मान्यता कायमै छ । त्यसो त बुवाआमालाई छाडेर विवाह गरेलगतै श्रीमान् श्रीमति छुट्टिएर बुढेसकाल लागेका बुवाआमालाई दुःखमा छाडिदिने र आफूहरु मात्र रमाउने पनि छन् । उनको घर अरुको भन्दा अलि बढी नै रुढिवादीहरु मान्ने खालको थियो ।
उनले गरेका साना साना कामहरु पनि घरमा मन नपर्ने, अभिभावकको सकस हुन थाल्यो । उनले गरेका सवै कामहरु उनका घर गलत मान्दै जान थालियो। उनी सामान्य परिवारकी छोरी, विवाह हँुदा सम्पति केही नदिने शर्तमा विवाह भएको भए पनि पछि उनीहरुलाई सम्पति चाहिन थाल्यो । उनलाई सम्पति केही नल्याएको भन्दै दिनदिनै यातना दिन थाले । तै पनी उनी सहेर घरमै बसिरहिन् । उनी स्नातक तह पढदै थिए कलेजबाट सधै एकै समयमा घर पुग्नुपर्ने, कहिले काही ढिला भयो भने कुन केटासंग गएकी थिईस्, त्यही भएर घर आउन ढिला गरेकी भन्दै सासु ससुराले सधै उनलाई टोकस्न थाले। श्रीमान्ले पनि परिवारको कुरा सुन्न थाले । उनको घरमा श्रीमान्को फोन आउँदा उनको वारेमा सधै नराम्रो मात्र कुरा लाउन थाले तर, श्रीमानले भने उनीसगं कहिल्लै सोधेनन् तैले के गरिस भनेर।
दिन वित्दै गयो, दिन प्रतिदिन श्रीमानसंग विवाद हुन थाल्यो। उनीबाट श्रीमान अलि तरक तरक गर्न खोजे जस्तो लाग्यो उनलाई । श्रीमान्को उनलाई फोन पनि हप्ता दश दिनमा मात्र एक कल आउन थाल्यो, उनले धेरै सम्झाउन खोजिन तर उनको श्रीमानले उनको कुरा राख्न नपाउँदै फोन काटिदिन थाले ।
एकातिर घरमा सासु ससुराको लाल्छना र आरोप उनले सहन सकेकी थिएइन् भने अर्कोतिर जिन्दगीभर साथ दिन्छु भनेर लगेको श्रीमान् नै टाढा हुन थाले पछि उनलाई दिन काटन धेरै गाहो हुन थाल्यो । तै पनि जसो तसो दिनहरु काटिरहेकी थिइन् । घरबाट परिवार सबैबाट तनाव हुन थालेपछि पढाई पनि बीचमा नै छोडिन्। उनले यसरी नै दुई वर्ष बिताइन् ।
दुई बर्ष पछि श्रीमान घर आए। तर श्रीमान घर आए पनि उनलाई श्रीमान् घर भए नभएको आभास भएन। किनभने उनका श्रीमानले उनलाई वास्ता गर्ने, श्रीमान उनीसगं त्यति बोल्दा पनि नबोल्ने, घरमा त्यति नबस्ने गर्न थाले। कहिले कता कहिले कता घुम्न जाने गरेर एक महिना पछि उनका श्रीमान फेरि बिदेश गए । जुन दिन उनको श्रीमान् घरबाट हिडें त्यो दिनबाट उनलाई श्रीमान्ले फोन गर्न पनि छाडे । उनी सधै श्रीमान्को फोनको प्रतिक्षामा हुन्थिन् घरमा झन झन उनलाई गर्दै नगरेको दोष लगाउने, आरोपहरु थप्दै जाने, मोवाईलमा फोनको घन्टी बज्न पनि नहुने कोसंग लाकी छस् भनेर उनको चियो चर्चाे धेरै हुन थाल्यो ।
घरमा सधै झगडा पर्न थाल्यो जव झगडा हुन्थ्यो त्यो दिन घरमा उनको लागी खाना समेत पाक्दैनथ्यो । उनले पसलकोे चाउचाउ र बिस्कुट खाएर धेरै दिन बिताइन् । उनले श्रीमान् र परिवारको विश्वास जित्न धेरै कोसिस गरे उनले जति कोसिस गरे पनि परिवारमा कसैलाई पनि बिश्वास दिलाउन सकिनन् ।
भनिन्छ नि – ‘चिनी पनि धेरै खायो भने तितो हुन्छ’ उनलाई गर्ने अन्याय अत्याचार पनि धेरै भईसकेको थियो सहन सके जति त सहेकै थिइन् रातदिनको किचकिच, लान्छना, आरोप सहन नसकेर उनी माईतमा गएर बस्न थालिन् । दिन बित्दै जाँदा अव भने उनीले मनमा सबै पीडाबाट मुक्ति पाउनको लागि आत्महत्या गर्ने सोच बनाउन थालिन् । धेरै सोचे पछि समस्या समाना गर्नुपर्छ भन्ने तर्फ लागेर कावासोतीमा रहेको प्रहरी कार्यालयमा निवेदन दिनका लागी उनको आमालाई लिएर आउने क्रममा मेरो भेट उनीसंग भयो । उनीसगं धेरै कुराकारी गरेर म छुट्टिए ।
त्यसपछि समय समयमा म उनको माइतमा गएर उनलाई मनोपरार्मशको पहिलो संवाद भावनात्मक र मानसिक अवस्थाको बारेमा छलफल समेत गरे। परामर्शको क्रममा उनको भनाई अनुसार आत्महत्यासम्म गर्ने सोच बनाईकी उनी आत्महत्या गर्दा कसलाई फाईदा हुन्छ । आत्म मर्दैन जस्ता उदाहणबाट समस्याको समधान हुदैन बरु बाँचेर केही गर्नुपर्छ, मृत्यु मात्र समस्याको समाधान होईन भन्ने उनलाई लाग्यो।
साच्चिकै मबाट पटकपटकको भेट पछि उनीमा आत्महत्याको सोच परिवर्तन आयो । महिले उनीलाई समाजका धेरै मानीसहरुको उदाहरण तथा कथाहरु सुनाए त्यस पछि उनले आफुलाई समय अनुसार परिर्वतन गदै प्रगतिका बारेमा सुनाउदा उनलाई मैले पनि अव म केही गर्नुपर्छ भन्ने सोचको बिकास हुन थाल्यो। कामको शिलशिलामा धेरै ठाउँमा पुगे र म जस्ता धेरै दिदी बहिनीका कथाहरु सुन्ने अवसर पाए पछि उनी अहिले म खुशी छु , म आत्म निर्भर भएकी छु । हिजो आज त लाग्छ उनीलाई यदि मैले आत्महत्या गरेको भए आज म यो स्थानमा कहाँ हुन्थ्ये।
उनले आजभोलि भन्ने गर्छिन जति काममा व्यस्त हुन सकियो त्यति नै तनाव कम हुदो रहेछ । आज भोली काममा नै धेरै समय खर्चने गरेकी छु। आफना अतितहरु पनि सम्झन भ्याउदिन म ।
अहिले पनि उनी माईतीमा नै बस्दै आएकी छिन् । उनी भन्छिन् अझै पनि मेरो घर परिवार कसैले पनी मलाई खोज्दैनन् तर, अव म हार खाँदिन जसरी हुन्छ आफ्नो अधिकार लिएर नै छोड्छु भन्ने विश्वास ममा आएको छ । त्यसैले आफुलाई कमजोर बनाएर होईन बलियो भएर आफुलाई परेको समस्या समाधान गर्न तर्फ लाग्नु पर्ने रहेछ भन्ने मैले आफना भोगाईबाट सिकेकी छु ।
(यो लेख वैदेशिक रोजगारको शिलशिलामा परामर्श पछि फेरीएको जीवनमा आधारित भएर लेखिएको बास्तविक घटना तथा अध्ययन हो ।)
दाउन्ने साप्ताहिकमा प्रकाशित

Post a Comment