कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासोती १५ बरौलीमा रहेको होमस्टेमा सोमबार आगलागी भएको छ ।
कावासोती १५ बरौलीमा रहेको बरौली होम स्टेमा खान पकाउने क्रममा ग्यांस लिग भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरले जनाएको छ ।
आगलागीबाट होम स्टेको खरको छानो र भान्छा कोठामा क्षतिपूगेको छ ।
आगो स्थानीयले नियन्त्रणमा लिएको थियो ।

Post a Comment