Tuesday, March 20, 2018

किसान संघमा काफ्ले

कावासोती । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारी नवलपुर आज गठन गरिएको छ । 
कावासोतीमा भएको भेलाले टिकाराम काफ्लेको अध्यक्षतामा नयां समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा शिवराज महतो, सचिवमा नन्दलाल श्रेष्ठ, कोषाध्यक्षमा मणि न्यौपाने र सदस्यहरु लोकबहादुर क्षेत्री, टेकबहादुर राना, रेशम अर्याल लगायत रहनुभएको छ । 
टिकाराम काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकलु र जिल्ला सेक्रेटरी उत्तम थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  
त्यस्तै अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपुर पनि गठन भएको छ । 
कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा अखिल नेपाल राष्टिय शिक्षक संगठन गठन गरिएको हो । 
जसको उपाध्यक्षमा सरस्वती वाग्ले, सचिवमा दीपक अर्याल, कोषाध्यक्षमा चेतमाया गाहा र सदस्यहरुमा सीता खनाल, लोकनाथ पंगेनी, देवी फालमगर, साधना गाहा लगायत रहेका छन् । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal