Posted by
http://dailysandesh.blogspot.com
on
2:20:00 AM
in
business
|
गोपी ज्ञवाली
परासी। विद्युत अनियमितता गरे बापत कारवाही स्वरुप विद्युत वितरण कार्यालय परासीले यस आर्थिक वर्षमा छत्तीस लाख भन्दा बढी रकम असुली गरेको छ ।
विद्युत प्राधिकरण वितरण शाखा परासीले यस आर्थिक वर्षको पछिल्लो छ महिनामा विद्युत अनियमितता गर्ने २ सय २० जना ग्राहकहरुबाट कारवाही स्वरुप ३६ लाख ५३ हजार ८ सय ९ रुपैया कारवाही स्वरुप असुली गरेको विद्युत प्राधिकरण परासी केन्द्रका प्रमुख सुरज गौतमले बताए ।
परासी वितरण केन्द्र अन्र्तगत सदरमुकाम परासी, सुनवल, भुमही, महेशपुर, गोपीगंज सुर्यपुरा लगायतका स्थानहरुमा विद्युत हुकिंङ ९तारमा हुक लगाएर गरिने विद्युत चोरी० गरेका १७ जना ग्रहकहरुलाई गरिएको कारवाहीबाट १ लाख ३१ हजार ९६ रुपैयाँ, मिटर बाईपास गरेर चोरी गर्ने ३१ जनाबाट ५ लाख ३२ हजार २ सय, डिमाण्ड चुहावट ९मांग कम गरेर बढि क्षमताको विद्युत प्रयोग गर्ने० गरेका ७ जनाबाट ४७ हजार ८ सय ५० रुपैया असुली गरिएको छ भने सबै भन्दा ठूलो रकम बांकी बक्यौता रहेको असुल उपरबाट २८ लाख ८२ हजार ६ सय ६३ रुपैयाँ गरी जम्मा ३६ लाख ५३ हजार ८ सय ९ रुपैया असुली गरिएको केन्द्रका प्रमुख गौतमले दाउन्ने साप्ताहिकलाई बताए ।
बाकी बक्यौता रकम उठाउन मुख्य रुपमा परासी क्षेत्रका साना तथा मझौला उद्योग प्रतिष्ठानबाट लिएर व्यक्तिबाट समेत ठूलो रकम उठाउन बाँकी रहेको थियो भने हुकि· चोरीका घटना सदरमुकाम परासीको बाहिरी भाग र जिल्लाको दक्षिणी क्षेत्रमा धेरै रहेको विद्युत प्राधिकरण परासीका ईन्जीनियर राजेन्द्र कुमार श्रीवास्तवले बताए ।
यसैगरी मिटर बाईपास चारीमा ब्यापारीहरुदेखि राजनैतिक पार्टीका भातृ संगठनका नेताहरुका घरमा समेत रहेको पाईएको बताईएको छ । विद्युत हुकिंङ चुहावट, डिमाण्ड चुहावट र मिटर बाईपास चुहावट विद्युतका केही कर्मचारीको मिलेमतोमा नै हुने गरेको स्रोतको भनाई रहे पनि विद्युत वितरण केन्द्रका प्रमुख गौतमले भने यस्तो नरहेको बताए।
विद्युत चुहावटमा विद्युतका कुनै कर्मचारी संलग्न पाईएको अवश्थामा त्यस्ता कर्मचारीलाई विद्युत कार्यालय कडा कारवाही गर्ने बताए । बाँकी बक्यौता रकम ठूलो मात्रामा उठाईएको भए पनि त्यती नै मात्रामा अझै उठाउन बांकी रहेको र सो कार्य निरन्तर जारी रहेको विद्युत वितरण केन्द्र परासीले जनाएको छ ।
Post a Comment