कविता कविता नै हृन् भावनाकी धनी अति
कविता सबमा दिन्छिन् दुःखमा पनि सम्मति।
कविता धर्मको मर्म समाज परिमार्जित
कविता गर्दछिन् नित्य नर समाजको हित ।।
(अनुष्टूूप )
हो, कविता चापागाईलाई नचिन्ने पुर्वाञ्चल क्षेत्रमा साीहत्यकारहरु छैनन् भन्दा फरक पर्दैन । मैवा खोला साँधु ताप्लेजुङ् मेचिअञ्चलमा वि.सं. २०१०।५।१८ गते जन्मेकी कविता चापागाई बुवा बैजनाथ भट्टराई र आमा यमुनादेवी भट्टराईकी छोरी हुन् । धेरै संघ संस्थाहरुमा आवद्ध रहदैआएकी कविता कति संस्थाहरुमा संस्थापक र संरक्षक समेत रहेको देखिन्छ । “धरान” खण्डकाब्य श्री गोबिन्द बी. चापागाई द्वारा रचित २०४२, सामाजिक स्मारिका–असहाय पुनस्र्थापना केन्द विराटनगर –४ (२०६९) मा पीडाको डायरी–अम्बीका शर्माद्धारा लिखित (२०६९) मा प्रकाशन गर्नुभएकी कविता चापागाइँका निम्नलिखित चार कृतिहरु प्रकाशित छन् ।
१) बेदना कविता (२०७०)
२) योगमाया, शक्तिपीठ, तमोभूमि (२०७१)
३) हलेसी महादेव मन्दिर एक परिचय (२०७२)
४) स्मृतिको झोला (२०७४)
वि.सं. २०५२ सालमा शिक्षा मन्त्रालयबाट शिक्षा सेवा पदक ग्रहण गरेकी चापागाइँले २०६६ सालमा साहित्य सेवा पुरस्कार समेत प्राप्त गरेकी छिन् । अन्य मिडिया तथा सहकारी संस्थाबाट सम्मान प्राप्त गरेकी कविताको बारेमा केही कुरा लेख्न पाउदा मन हर्ष विभोर भएको छ ।
गत आषाढ २० गते २०७४ का दिन यमुनादेवी वैजनाथ भट्टराई स्मृति पुरस्कार र योगमाया स्मृति सम्मान समर्पण कार्यक्रममा भाग लिन पाउने सुअवसर जुटाई दिने साहित्यकार कविता चापागाँईका बारेमा अध्ययन गर्ने मौका मिल्यो, त्यसै अवसरमा बिमोचित कृति स्मृतिको झोला, निबन्ध स्मरण संग्रह हात लागेको थियो । यसै कृतिको अध्ययनबाट मैले (कवयित्री) लेखिका कविता चापागाँईलाई पनि पढ्ने मौका पाए । यही कार्यक्रमको लागि समीक्षक भगवती पाण्डे र मलाई आन्त्रण गरिएको थियो । कविता कै घरमा विश्राम लिएर हामी कार्यक्रममा सरिक भएका थियौ ।
आदरणीय साहित्यकार श्री गोबिन्द चापागाई जो कविताजीका श्रीमान् हुनुहुन्छ उहाँहरु दुबैजनाको न्यानो अतिथ्य सत्कारबाट अत्यन्तै प्रभावित भएर दूविभूत हुँदै कार्यक्रम समापन गरी हामीहरु नरायणगढ तर्फ फर्केका थियौ । मिष्ठभाषी, मिलनसार, दयावान, गुणग्राही र शालीन यी दम्पतीको मायालुव्यवहारले हृदयमा डेरा जमायो । लाग्छ जवसम्म जीवन रहन्छ तव सम्म उहाँहरु दुवैजना मेरो स्मृतिपलटबाट ओझेल पर्नुहुने छैन ।
त्यसपछि कताकता मनमा लाग्यो “स्मृतिको झोला” को अध्ययन गरी यसको बारेमा केही टिपोट गरौ। यसरी यो कृतिलाई ३,४ दिनको समय लगानी गरेर अध्ययन गरें । अब यो कृतिको बारेमा मैले बुझेका कुराहरु टिपोट लेख्ने अनुमती यहाँहरु समक्ष माग्दछु । यसको बारेमा केही टिपोर्ट हेरौं ।
कविता चापागाईको कृति प्रकाशन माला ४ रहेको यो कृति यमुनादेवी वैजनाथ भट्टराई स्मृति पुरस्कार नामक संस्थाले प्रकाशन गरेको हो । वि.सं. २०७४ मा प्रथम प्रकाशित यो कृति आवरण सौरभ कोईरालाले सजाउनु भएको छ । कम्प्युटर गर्नु भएको हो विपिन निरौलाले । भाषा सम्पादन गर्ने गायत्री कुमार चापागाई हुनुहुन्छ भने मुद्रण गर्ने कार्य गजुरमुखी प्रिन्टर्स विराटनगर १४ बाट भएको हो ।
क्ष्क्द्यल् ल्इ ढठड(ढढघठ(ण्(द्दठद्दघ(ट रहेको यो कृति जन्मदाता एंव कर्मदातालाई समर्पण गरिएको छ । प्रकाशित प्रति ५०० रहेको यो कृतिको मूल्य रु १००।– मात्र छ । कृतिको पृष्ठभागमा अत्यन्त राम्रो रंगिन झोलाको चित्र छ भने पछाडि पृष्ठमा निबन्धकार तथा अनुसन्धाता कविताको सुन्दर तस्विर सहित प्रकाशित कृतिहरु राखिएको छ। साहित्यकार बालकृष्ण पोखरेल, बलराम पोखरेल, गायत्रीकुमार चापागाइँ र गंगा सुवेदी द्वारा शुभकामना मन्तव्य लेखिएको यो कृतिमा यात्रा संस्मरण सहित सामाजिक, साँस्कृतिक र धार्मिक विषयमा चर्चा गरिएका उन्नाईस ओटा लेख निबन्धहरु रहेका छन्।
अब म यी १९ बटा लेख निबन्ध बारे थोरै चर्चा गर्ने अनुमती माग्दछु यहाँहरु सामुः
१. यात्रा स्वर्गद्वारीः यो तीर्थस्थलमा पुग्नु पर्ने अनिवार्यता, त्यहाँ पुगे पचात् भक्तजनहरुलाई प्रदान गरिने अतिथ्यता त्यो तीर्थस्थलमा सुधार हुनपर्ने कुराहरु, त्यो स्थानको परिवेस लगायतका सम्पूर्ण सम्बन्धीत बिषयको चर्चा परिचर्चाले त्यो ठाँउमा स्वंय पाठक नै पुगेको अनुभब हुने वर्णन प्रस्तुत गरिएको छ ।
२. शक्तिपीठ तर्फको यात्रा सस्मरणः यो तर्थिस्थलको महत्व, त्यहाँको वस्तु स्थिति, प्राकृतिक सम्पदाको वर्णन, योगमायाले प्रयोग गर्ने गरेका सामग्रीहरु, उनले तपस्या गरेको अोडार लगायत त्यो ठाँउका सम्पूर्ण विशेषताहरुको अनुसन्धानात्मक वर्णनले यो लेख पनि अत्यन्त पठनीय देखिन्छ ।
३. दिङ्लातर्फः यो लेख कृतिको तेस्रो लेख हो । षडानन्दगुरुले आर्जन गरेका भौतिक र शैक्षिक सामानहरुको वर्णन दिङ्लाको प्राकृतिक, सामाजिक, धार्मिक आदि विषयमा गरिएको चर्चाले पाठक वर्गलाई अत्यन्त्यलाभ मिल्ने वर्णन यो लेखमा पाईन्छ । आद्भुत ज्ञानबद्र्धक कुराहरुले पाठकलाई आल्हादित पार्ने कुरामा शंका छैन ।
४. मनोकामना तर्फः मनोकामनामा आश्रा गरी बस्ने भक्तजनहरुको अवस्था । त्याहाँको प्राकृतिक र धार्मिक परिवेस बारे चर्चा गरिएको यो स्मरणले पाठकलाई त्यही मार्गमा लागौ जस्तो बनाँएर छोड्ने लेख छ यो ।
५. शक्तिपीठको सम्पूर्ण वर्णन, धार्मिक अनुष्ठानबारे चर्चा, भक्तजनहरुले श्रद्धापूर्वक गर्ने आर्थिक दानको चर्चा, सदा पुराण वाचन गर्ने चलनको प्रशंसा आदिको वर्णन गरिएको गुरु षडानन्दसंग जोडिएको र्धािर्मक लेखको प्रभावले पाठकहरुलाई धार्मिक प्रवृतिलाई वृद्धि गर्ने तर्फ आकर्षण गरेको पाईन्छ ।
ं६. म जन्मेको गाउँः आफ्नो जन्मभूमि जो कोहीलाई पनि प्यारो लाग्छ । आफू सानै हुदाँका घटनाहरुको स्मरण, निबन्धकारकोे आफ्नो वाल्यकाल कसरी बितेको थियो भन्ने रोचक कथाले यो निबन्धलाई आकर्षक तुल्याएको छ । आफ्नो बाल्यजीवनको सम्पूर्ण घटनाहरुको स्मरण जोड्नाले पाठकहरु प्नि आफ्नो बाल्यकाल तर्फ फर्केर अवलोकन गर्ने अवसर यो निबन्धले जुटाउउँछ ।
७. बालिका माथि शोषणः शोषण के हो? र कसरी हुन्छ भन्ने कुराको अज्ञानले पनि बालबालिका माथि हुने शोषणहरुमा कमी आएको छैन भन्ने कुराको पुष्टि दिदै बालक भन्दा बालिकाहरु अझ बढी शोषण भएको कुराले अत्यन्त मर्माहित तुल्याँउछ पाठक वर्गलाई अझै महिला पाठकहरुलाई ।
८. के लेखौ निबन्धः यो निबन्ध, यो कृतिको आठौ निबन्ध हो ।निबन्ध यस्तो लेख हो, जुन विधामा सम्बन्धीत विषय बारे सबै कुरा समेट्न राम्रो हुन्छ। यसैले हाम्रो निबन्धकार कविताजीलाई आर्थिक, सामाजिक, राजनैतिक र शैक्षिक कुनै पनि विषयलाई लिएर निबन्ध लेख्न मन नजागेको कारण हाम्रो देशमा यी कुनै पनि विषयहरु पूर्ण सफल छैनन्, जस्ले गर्दा निबन्ध पनि पूर्ण सफल बन्दैनन् । यिनै कुरा छन् यो लेखमा ।
९. हलेसी गुफा र हलेश्वर माहदेवको प्राप्तिः शिवजीको उत्पती बारे रोचक चर्चा, बिष्णु, शिव, पार्वती, बकासुर परिचर्चाले यो लेख पूर्ण पौराणिक बनेको छ। खोटाङ् जिल्लामा पर्ने हलेसी गुफामा अवस्थीत विभिन्न नामबाट पुकारिने शिवजीको पूजाअर्चना बारे शुरुवात देखि अहिले सम्मको अवस्थालाई ज्ञान गराएर पाठकहरुमा धार्मिक जागरण गर्ने माध्यम बनेको छ यो लेख । पुराण सम्बन्धी ज्ञान पनि यो पाठबाट पाईन्छ।
१०. यो लेखमा हलेसी माहदेवको महत्व त छ, तर त्यहाँ दर्शन गर्न जाने भक्तजनहरुलाई बस्ने खाने कुनै व्यवस्था नँहुदा सम्पूर्ण नेपालीहरुले त्यस्तो व्यवस्थाको लागि ध्यान पु¥याउनु पर्ने अनुरोध निबन्धकारको छ ।
११. श्री शंखेश्वर महादेवको प्राकट्य र अन्तध्र्यान योगमाया तपो भूमिः यो निबन्ध पढ्दा आखाँबाट आँसु नगिर्ने पाठक हुदैन। योगमायकोा जीवन चर्चा, योगचर्चा, उनले भोग्नु परेका सामाजिक व्यवहार र लाञ्छना, नेपाल सरकारबाट उनले पाएका यातनाहरुको वर्णनले मेरा आँखा ओभाना रहेनन् लाग्छ यो निबन्ध कृति भरिको अति मार्मिक निबन्ध हो।
१२. दशै पर्व ः यो पर्वको महत्व, ब्रम्हा, बिष्णु र देवी जस्ता देवताहरुको उत्पति, सत्य, द्धापर र कलियुगमा दशैको महत्व वर्णन गर्दैै दशैलाई दशा होइन सहज चाडको रुपमा मनाउनु पर्छ भन्ने अनुरोध पनि छ।
१३. सर्पले उडाएको सातो ः यो निबन्धमा २०७०÷१२÷६ गते निबन्धकार कविता स्वयंमलाई सर्पले उडाएको सातो सम्बन्धी वर्णन छ।यो एउटा घटनाको वर्णन हो ।
१४. भूकम्प ः भूकम्प के हो ? भन्दै यो घटनामा आफू स्यंम पनि परेको कुरा लेखिएको छ।
१५. अघिको कुरा ः यो कृतिमा यो पाठ निकै आर्कषक छ। कारण ऐतिहासिक घटना क्रमलाई लिएर तयार पारिएको यो निबन्ध ऐतिहासिक नै हो। नेपालको एकिकरण देखिका कुरा समेट्दै वर्तमान सम्म आइपुग्दाको नेपालको आर्थिक, सामाजिक र राजनैतिक परिवेसलाई समेत संकेत गरेको पाईन्छ।
१६. माघ ः विद्यार्थी जीवनमा घटेको सरस्वती पूजाको घटना स्मरण गर्दै पूर्वजीवनको यादमा निबन्धकार कविताजीलाई पाईन्छ। यो निबन्धमा।
१७. सामाजिक गन्थनः यो निबन्धमा निबन्धकार आफू कसरी र कहिले देखि समाज सेवामा प्रवेश गर्नु भो। समाज सेवाबाट पाईने सन्तुष्टि पनि यो पाठमा वर्णन छ।
१८. गोठधूप ः यो कृतिको अन्तिम पाठ यो निबन्ध हो। यो निबन्धमा भट्टराई वशंको वंशावली र कूल पूजा बारे विस्तृत रुपमा चर्चा गरिएको छ। गोठधूप र कूलपूजाको महत्व दर्शाइएको यो निबन्धले आफ्नो कूलको संस्कार र मर्यादालाई जीवीत राख्नुपर्छ भन्ने शिक्षा प्राप्त हुन्छ । यसरी विविध विषयमा लेखिएका सस्मरण र निबन्धहरुमा प्रायः धार्मिक, सांस्कृतिक र पौराणिक विषयहरुको बाहुल्यता रहेको देखिन्छ । समग्रमा हेर्दा लेखिका कविता चापागाई धर्म संस्कारकी अनुसन्धाता र प्रतिक या पर्याय हुन् भन्न सकिन्छ । हराउँदै गएको लोक संस्कृति, संस्कार र पुराण प्रतिको अवधारणालाई पुनर्जागरण गर्ने कुरामा कविताका निबन्धहरु सत् प्रतिशत सफल देखिन्छन् । कविताजीका कलमबाट यस्ता अमूल्य कृतिहरुको जन्म हुंदै रहोस् हार्दिक शुभ कामना दिदैं साथै अथक र अमूल्य सहयोग प्रदान गरी आफ्नी श्रीमती कविता चापागाईलाई यहाँसम्म ल्याई पु¥याउनु हुने आदरणीय दाजु श्री गोविन्द चापागाईज्यूमा हार्दिक अभार व्यक्त गरी धन्यवाद ज्ञापन गर्न चाहान्छु । जय साहित्य
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment