Sunday, March 18, 2018

समीक्षकको आखामा कैली (कृति समीक्षा)

 प्रेमलाई मुख्य बिषय वस्तुका रुपमा उभ्याइएको कैलीको प्रेम पनि कैलो नै रहेको छ । आजको युवा पुस्ता नारी पुरुषले प्रेमलाई हर्ने दृष्टीकोण र व्यवहारिक पक्षलाई उठाइएको यस उपन्यासमा नारी पे्रमप्रति जिम्मेवार दखिएका छन् । परिपक्क दुखिएका छन् ।  पुरुष पात्रले भने आफ्नो प्रेमलाई परिपक्क तरिकाले निभाउन सकेको छैन् । उनीहरु अल्लारे वा प्रेमलाई रमाइलोको बिषय मात्र ठानेका छन् ।
साँच्चै हाम्रो समाजमा पनि यस्ता घटना भएका  छन् । आर्दश प्रेम, आत्मिक प्रेम भन्दा क्षणिक र आर्कषक र शारिरिक सम्बन्धको लागि मात्र प्रेम गर्ने बाहना गरेको देखिन्छ । पुरुषले शारिरिक सम्बन्धको लागि प्रेम गर्छ र एउटी नारीले पुरुषसंग जीबनमा साथ पाउनको लागि र शारिरिक सम्बन्ध बनाउछे भन्ने कुरा यस उपन्यासले पनि प्रष्ट्र पारेको छ ।
कैलीमा पनि यि प्रस· आएका छन् । दिब्या अनुरागसंगसंगै बस्न नजाँदा र शारिरिक सम्र्पक नहुँनाले सम्बन्ध छेटेकाले प्रेम आर्कषक मात्र बनेको छ। र बीचमै त्यही सानो कारण बनेको छ पे्रम टेटेको छ । के प्रेम शारिरीक समबन्धमा गएर प्रेम सकिन्छ त ? यो पनि एक पटक सोच्नुपर्दछ । उता दीप कैलीलाई नेपालमै आएर नभेटिकनै अमेरिका लैजान्छ । दुबैले एक अर्कालाई माया गर्छन । कैली पूर्ण रुपमा दिपको समक्ष सर्मपर्ण गर्छे । उसले आफनो संसार  प्रेमलाई सम्झिन्छे। तर दिपले भने कैलीको पे्रमलाई भन्दा पनि रक्सीको नशाालाई पे्रम गरेको छ ।
पे्रमको अगाडि संसारका सम्पुर्ण हतियार बेकम्बा हुन्छन् । कुनै कुराले मान्छेको मन परिबर्तन हुन्छ । तर यहा रक्सीको नसाले  र स्वार्थले प्रेमलाई जितेको छ । रक्सीको नसाको अगाडि पे्रम हारेको छ ।
एउटा नारीले घर परिवार इष्ट मित्र त्यागेर एउटा पुरुषलाई आफ्नो सर्वस्व ठान्छे तर त्यही पुरुषले नारीलाई यौन प्यासको रुपमा हेरेको हुन्छ । यस उपन्यासमा कैलीको सच्चा मायाको बदला उस्को शरिर भोग्य बनेको छ। यस्ले उपन्यासमा नारीहरुको पक्षमा उभिन खाजेको छ ।  यसो कैलीको निश्चल प्रेममा बासनाको र क्षणिक मनोरञ्जनको लागि मात्र भएको छ। के त्यसो भए महिला पुरुषको सम्बन्ध यौन मै मात्र सीमित हुन्छ ।
के महिला र पुरुषमा आत्मिक प्रेम हुन सक्दैन ?
लेखिका किशोर भएर हो कि किशोर अबस्थाको क्षणिक रहरलाई उपन्यासमा ढालिएको छ । त्यसैले हरेक पात्रको प्रेम पनि अपरिपकक र केटाकेटीपनको छ ।
उपन्यासमा तेस्रो लि·ीको बिषय उठान गरेर पात्रलाई बिचमै चटक्क छोडिनुले यसमा कमजोरी पक्ष बढी देखिएको छ । पाठकले हरेक पानामा खोज्ने बिषय भनेको पात्र बीचमै छोडेकोले यस्ले न्याय गर्न सकेको छैन्। पात्रलाई अलपत्र पारिए पछि पुस्तकको स्तरीयतालाई समेत असर गर्छ। हुन त लेखकले कुन बिषय उठान गर्ने त्यसमा पाठकको सुझाबले सुधारिन सक्दैन तर न्यनय नपाएको पात्रहरुले हाम्रा् समाजको घटना परिघटनाको प्रतिनिधित्व गरेको छ । पाठक समक्ष समस्या ल्याएर जहाको त्यही छोडिनुले लेखकले पाठकलाई धोका दिएको आभास पाइन्छ ।
हुन लेखिकाले सामाजिक जीवनको ब्याप्त समस्यालाई उठान गर्न प्रयास गरेको हो तर पनि तेस्रो लि·ीहरुको समस्यालाई जति नजिकबाट हेर्न खोजे पनि उनीहरुको समस्यालाई नियालेकै छन्। आफ्नो अन्तरमनलाई धोका दिएर समाजमा स्थापना हुन नसकेको र घरकै आमा बाले पनि समाजमा स्थापना गर्न नसकेको दिदि जो तेस्रीलि·ीको सामाजिक जीबनसंग र व्यव्हारिक जीबन निके फरक रहन्छ। व्याप्त समस्या र सामाजिक नजरबाट बाचेर आफलाई अगाडि बढाउन गरेको संघर्ष निकै गाह्रो काम हुन्छ ।
बाहिरी जीवन र भित्री चाहाना अलग अलग भई दिंदा जीवन कति पीडादायी हुन्छ। जिन्दगी भन्ने कुरा दिदीको कुरामा थाहा भएको छ। मानिसको जीवनमा परिवार माया र यौवन सबै कुरा दिदीले कैलीलाई पोखेकी छिन् र विवाहाको प्रस्ताव पनि। सामाजिक परिबेशमा शारिरिक वनावटले पनि असर पार्छ भन्ने कुरा यो उपन्यासले उठाएको छ । दिदी पात्रको दोस्रो ठाउमा आगमन नहुँदा पनि पाठकले पात्रको खोजीमा यो उपन्यास पछिसम्म पढ्छन।
यस उपन्यासको पात्र सबै आफ्नै दुनियाँमा छन् र आफ्नै पाराले रमाएको छ। मानवीय स्वतन्तरता ठूलो कुरा हो। तर स्वतन्तता त्यति प्रिय हुदैनन ।कपाल टाउकोको बन्धनमा छ र कपाल बनेको छ नत्र त कसिंगर भै हाल्छ। बन्धनले मानिसलाई अनुसासित, मर्यादित कतव्र्यनिष्ट र जिम्मेवार बनाउछ। साथै यस उपन्यासको पात्र प्रतिको श्रीमान् दीपको बाबा र दीप आफै पनि एउटा बन्धन र मायाको बन्धनमा बाधिएको छ। प्रेममा निकै सतही प्रेमले पनि उपन्यासको पात्रले प्रेमलाई हल्का मात्र साचेको छ । विकृत श्रीमान्को अगाडि कमजोर बनेर उभिएको प्रेमले छ । कुनै पनि पात्रको समस्या उठान गरेर त्यसको गहिराईमा नजानु नै यस उपन्यनासको मुल समस्या हो। जीवनमा सबैलाई समस्याहरु आउँछन्। र समस्याहरुको समाधान गरेर जीउनु नै जीवनको दोस्रो रुप हो । समस्याबाट पलायन हुनु कायरता हो र यही कायपन निकै तड्कारो रुपमा अघि बढेका छ । यस उपन्यासमा प्रति तथा आमा बाको अत्याचारबाट बाहिर भागेको छन्। पतिलाई आफू खुशी छोडेर संघर्षबाट भाग्नु यस उपन्यासको पात्रहरु बिशेषता हो भैंm देखिन्छ।
उपन्यासमा उठान गर्न खोजिएको बिषय राम्रो छ । प्रेमलाई शारिरिक सम्बन्धसंग मात्र जोडेर हेरिनुले सि·ो नारीहरुको स्तर खस्केको छ। हाम्रो समाजमा यसे पनि नारी सन्तान उत्पादन गर्ने मेसिनको रुपमा छन भन्ने सोचाई रहेको छ। ट्याक समाउन नसक्दा पात्रहरु थपिदै र हराउदै थएको छ । तर जुन पात्रहरुको बिषयमा र समाजमा रहेको समस्या उठान गर्नुले लेखिकाको आगामी पुस्तकहरुमा सुधार आउने छ।

दाउन्ने साप्ताहिकमा प्रकाशित

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal