Sunday, March 18, 2018

गजल (दीपक भट्टराई)

गजल


.














न मदिरा मनपर्छ न प्यार आज भोलि   
तिम्रो याद पनि लाग्छ बेकार आज भोलि     

समयले यो मन पत्थर बनाएको हुनु पर्छ  
म देख्दिन फुलहरुको सन्सार आज भोलि   

यो दिमागमा खै कसले के झोसिदिएछ
ताल तालका आउछन विचार आज भोलि  

हुन त ऐना नहेरेको पनि बर्शौ बर्शौ भयो   
डर लाग्छ हेर्न आफ्नै अनुहार आज भोलि  

तिमलाई जित्ने रहर मनमा कहिल्यै उठेन 
उस्तै छ मेरो जीवनको रफ्तार आज भोलि   

०७४।११।२६

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal