Monday, March 26, 2018

यस वर्षका लागि उखुको न्युनतम समर्थन मूल्य निर्धारण ।।

सरकारले यस वर्षका लागि उखुको न्युनतम समर्थन मूल्य निर्धारण गरेको छ । सरकारले उखुको न्युनतम् समर्थन मूल्य ५ सय ३६ रुपैयाँ ५६ पैसा प्रति क्विन्टल कायम गरेको उखु उत्पादक कृषक समिति नवलपरासीले जनाएको हो ।
उद्योगमन्त्री मात्तृकाप्रसाद यादव, कृषिमन्त्री चक्रपाणी खनाल तथा सरोकारवाला मन्त्रालयका सचिव, सांसद, चिनी उत्पादक महासंघ, उखु उत्पादक कृषक समितिलगायतका प्रतिनिधिको सहभागितामा मूल्य निर्धारण गरिएको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले जानकारी दिनुभयो ।
गत वर्ष ५ सय ३१ रुपैयाँ २० पैसा प्रतिक्विन्टल मूल्य तोकिएको थियो । मूल्य निर्धारण भएलगत्तै सरकारले चिनी मिललाई किसानको रकम भुक्तानी तत्काल गर्न निर्देशन दिएको छ भने उद्योगीले पनि भुक्तानी गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष यादवले बताउनुभयो । यो गत वर्ष भन्दा ५ रुपैयाँ बढी हो ।
लामो समयपछि मूल्य निर्धारण भएकोले किसानले राहतको महशुस गरेसंगै तोकिएको मूल्य कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । ढिलो गरी मूल्य निर्धारण भएकोले कार्यान्वयनमा जोड दिनुपरेको किसानको भनाई छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal