Thursday, March 22, 2018

नारायणी नदीमा भारतले एकतर्फी बाँध निर्माण गर्दै

त्रिवेणी । गण्डक नहरकै कारण नेपाली भूमि डुबानमा परेको र कटान भईरहेको बेला भारतले नारायणी नदीमा एकतर्फी बाध निर्माण शुरु गरेको छ ।
नेपाली भूमि डुबान र कटानमा पार्ने गरी भारतले एकतर्फी बाँध निर्माण गरेको हो । सुस्ता गाउँपालिका वडा न.४ नर्सही स्थित नारायणी नदी ठोक्कर न.१२ को पुर्व तर्फ नारायणी नदी पारी नेपाल तर्फ करिब ३०० सय मिटर भूभाग मिची बाँध निर्माण गरेको स्थानीय श्याम थापाले बताए ।
शक्तिकुमार कम्पनी पश्चिमी चम्पारण भारत बिहारको कम्पनीले बाध निर्माण कार्यहरु गर्दै आएको छ ।
भारतले नदीको भारतर्फ बहने पानीको बहावलाई नेपालतर्फ पठाउने गरी नेपाल भारत सीमा भन्दा ३ सय मिटर वर आएर उक्त बाँध निर्माण गरेको भन्दै नर्सहीका बासिन्दाले विरोध समेत जनाएका छन् ।
नेपालीहरु उक्त निर्माण कार्य रोक्न जांदा भारतीय प्रहरी प्रशासन आएर नेपालीहरुलाई धम्क्याउने गरेको समेत थापाले बताए ।
भारतीय प्रहरी र भारतीय सीमा सुरक्षा बल (एस.एस.बि) को निगरानीमा उक्त निर्माण कार्य भईरहेको छ । उनीहरुले नदीमा जेसीभी नै प्रयोग गरेर बाँध निर्माण गरेका छन् ।
सुस्ता गाउंपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले भारतले निर्माण गरेअनुसारको बाँध निर्माण निर्माण सम्पन्न गरे नेपालको ठूलो भूमि डुबान र कटानमा पर्ने बताए ।
पाण्डेले गण्डक नहरमा कुनै पनि निर्माणको काम गर्दा नेपाल भारत दुवैको सहमतिमा मात्र गर्नु पर्नेमा भारतले एकतर्फी गरेको समेत बताए । उनले नदीको पुरानो बहने बाटो धार परिवर्तन गर्दै जांदा नेपालतर्फ बढेका कारण उनीहरुले बांध नेपालतर्फ हरेक बर्ष बढाउने गरेको पाइएको बताए ।
सुस्ता गाउंपालिका अध्यक्ष पाण्डेका अनुसार नदीले आफ्नो बहाव नेपालतर्फ बनाएपछि भारततर्फ काँसहरु पलाएको र उक्त काँसभन्दा अगाडिबाट भारतले बाँध लगाउने कार्य गरिरहेको बताए ।
अहिले भारतले गण्डक व्यारेजदेखि पूर्वतर्फ बाल्मीकी आश्रमसम्म र पश्चिमतर्फ पांच सय मिटरसम्म बाँधेको छ । निर्माण कार्यहेर्दा भारतले सुस्तासम्म बाँध लगाउने पाण्डेले बताए ।
नवलपरासी बर्दघाट सुस्ता पूश्चिमका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले उक्त कार्यरोक्नका लागि सम्बन्धित निकायसंग छलफल गर्नका लागि आफूले उक्त क्षेत्रका प्रहरी प्रमुखलाई निर्देशन दिएको बताए ।
रानाले उक्त कार्य नरोकिएर नेपालका ठूलो भूमि बर्षाको बेलामा कटान र डुबानको समस्यामा पर्ने भएकोले निर्माण कार्य रोक्नु पर्नेमा जोड दिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal