समाज गतिशील छ । समाजको गतिशीलताको साथै समाजले अपनाउँदै आएका संस्कारहरूमा पनि परिमार्जनको आवश्यक्ता पर्दै जान्छ । हाम्रा संस्कारहरू पुराणहरूममा आधारित छन् । यी पुराणहरू पनि तत्कालिन समाजलाई गतिशील बनाउनको लागि सिर्जना गरिएका पुराना दर्शन हुन् ।
त्रेता र द्वापर युगमा सिर्जना गरिएका रामायण र महाभारतलाई अध्ययन गर्दा तत्कालिन समाजमा आपूmबाट सन्तान जन्मन नसक्दा यज्ञ गरेर, भगवान तथा सामर्थवान पुरुषलाई बोलाएर स्त्रीमा गमन गराइ बच्चा जन्माउने चलन पनि थियो । उदाहरणको लागि रामायणलाई अध्ययन गर्दा दशरथका छोरा नजन्मदा श्रृङ्ग ऋषिलाई डाकेर यज्ञ गराई अग्निले दशरथलाई पायस (खीर) को थाली दिएर रानीहरूलाई खानको लागि दिइँदा कौशल्या र कैकेयीले बाँडेर खान लाग्दा सुमित्रा आई आफ्नो भाग खोज्दा कौशल्या र कैकेयीले आफ्नो भागबाट पायस झिकेर दिइएको तीनै रानीले गर्भधारण गरी कौशल्याबाट राम कैकेयीबाट भरत र सुमित्राबाट लक्ष्मण र शत्रुघन जन्मेको उदाहरण छ।
यसरी महाभारतलाई अध्ययन गर्दा माझी पुत्रीसँग पारासर ऋषिले नदी तर्दा सम्भोग गर्दा व्यासको जन्म भएको र व्यासले जन्मने वित्तिकै मेरो आवश्यक परे मलाई सम्झनु भन्दै तपस्या तिर लाग्नु हो ा यिनै माझीपुत्री (सत्यवती) ले सन्तनु राजासँग विवाह गरी चित्रङ्गदा र विचित्रवीर्य दुई पुत्र जन्म दिन्छन्। सन्तनु राजाको निधनपछि चित्रङ्गदा राजा बन्नु तर छिटै मृत्यु हुनु र विचित्रवीर्यले राज्यभार सम्हाल्नु तर यिनको पनि सन्तान नजन्मदै मृत्यु भए पछि सत्यवतीले व्यास बोलाएर राज्यरक्षार्थ अम्बिकासँग गमन गर्न लगाउनु गमन गर्दा आँखा चिम्लेकोले पुत्र अन्धो जन्मने भने पछि अम्वालिकासँग गमन गराउनु तर अम्वालिका व्याससँग जाँदा पहेंलो बनेकोले पुत्र पाण्डु रङको जन्मने भने पछि नोकर्नीलाई व्याससँग पठाउनु र विदुर जस्तो विद्वान पुत्रको जन्मलिनु विदुरकै कारणले गर्दा अन्ध धृतराष्ट्रलाई अन्धोबाट राज्य सञ्चालन हुन नसक्ने भनि पाण्डुलाई राजा बनाई आपूm प्रधानमन्त्री भएर राज्य सञ्चालन गरेको धारणा हामीले महाभारतमा पढ्न पाउँछौं ।
पाण्डु स्त्रीगमन गरे मर्ने भएकाले कुन्तिले धर्मबाट युभिष्ठिर, वायुबाट भीम र इन्द्रबाट अर्जुनको जन्म दिएकी र सौता माद्रीलाई पनि मन्त्रद्वारा सहयोग गरी आश्विनीद्वारा नकुल र सहदेव (जूम्ल्याहा ) दुई पुत्रको जन्म भएको अध्ययन गर्न पाइन्छ। आजको समाजले त्यस किसिमको प्रथालाई मान्यता दिंदैन । तत्कालिन समाजले अश्वमेध, गोमेध, मासुको पिण्ड दान र देवरबाट पुत्र उत्पत्ति (पुत्र जन्माउनु) जस्ता संस्कार चलनमा ल्याएका थिए तर कलियुगमा प्रवेश गरेपछि यी सबै वर्जित गरिएको छ। कतिपय संस्कारहरू निश्क्रिय बन्दै गएका छन् र कतिपय संस्कार स्वत समाजले परिमार्जन गरेको पाउन सकिन्छ । जस्तै विवाह सबै महिनामा गरिन थालिएको छ । सृष्टि सिर्जनाको महत्वपूर्ण संस्कार भनेको विवाह हो । यस्तो महत्त्वपूर्ण संस्कार समाजले आफ्सेआफ परिमार्जन गरेका छन् ।
मृत्यु संस्कारमा परिमार्जनको लागि चलेको बहसतिर लाग्ने अनुमति चाहान्छु । सुनिन्छ पहिला क्रिया गर्ने अवधी १३ बर्षसम्मको थियो भनिन्छ त्यो अवधिलाई परिमार्जन गर्दै १२ दिनसम्म क्रिया बसेर, १३ दिनमा गहुँत ग्रहण गर्ने काम भै रहेको छ। आजको समाजले यस अवधिलाई अझै घटाउँदै लान पर्ने महसुस गरेको छ । यस सन्दर्भमा लोकतन्त्र÷ प्रजातन्त्र आएदेखि धेरै वहसरू पनि चलेका छन् । सेप्टेम्बर २९, २०१६ (१३ असोज २०७३) मा नेपाल प्रज्ञा प्रतिष्ठान र जनसंस्कृत प्रतिष्ठान नेपालको संयुक्त तत्वावधानमा आयोजित मृत्युसंस्कारका सुधार सम्भावना विषयक विचारगोष्ठीमा धार्मिक क्षेत्रका विद्वानहरूले परिवर्तन परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दु धर्ममा रहेको १३ दिने गरिने मृत्यु संस्कारलाई सुधार गर्दै कम्तिमा तीन दिन र बढीमा ५ दिन मृत्यु संस्कार सम्पन्न गर्नु पर्नेमा जोड दिएका धारणाहरू सार्वजनिक भएको पाइन्छ। इन्टरनेटमा मैले पढ्न पाएको यो गोष्ठीमा दर्शन शास्त्री डा. विष्णु प्रभातले, मायावर युगमा यस्तो व्यवस्था नभएको, त्यसवेला चिसो ठाउँमा शवलाई काटेर चरालाई खुवाउने गरेको, जमिन प्राप्त भएका ठाउँमा शवलाई गाड्ने गरिएको र गर्मी ठाउँमा शव गनाउने र वरिपरि दुर्गन्ध फैलिने भएकोले दुर्गन्धबाट बच्न लास जलाउने गरेको जस्ता महत्वपूर्ण धारणा पस्केको देखिन्छ।
बहसमा तीन दिने क्रियापद्धतिमा जानुपर्ने भन्ने धारणा पनि आएका छन्। यस सम्बन्धमा तीन दिन निकै छोटो अवधि भएकाले गरुण पुराणमा भनिएका कुराहरूलाई व्यवहारमा उतार्न सहज देखिदैन तर यी पाँचदिने क्रियापद्धतिलाई कमल रिजालले क्रियाप्रकृयामा जान व्यवहारिक रूपमा यसरी सुझाव दिनु भएको छ– ‘अहिले प्रस्ताव गर्न खोजिएको मृत्युको दिनबाट पाँच दिनसम्मको अवधिको हो । यसोगर्दा मृत्यु भएको दोस्रो दिन उपवास बसी तेस्रो दिन वचन मिलाएर दश पिण्ड दिने र चौथो र पाँचौं दिन क्रमशः षोडसी श्राद्ध तथा सपिण्डी श्राद्ध सकी शुद्ध शान्तिको हवन कार्य गर्नु उपयोगी हुने छ।’ कोमलजीको यो धारणाले स्पष्ट हुन्छ कि मृत्युसंस्कारमा केवल दिन मात्र घट्ने हो अरू गरिने कर्ममा कमी देखिदैन। हाल पनि कसैका क्रिया गर्ने मानिस कोही छैनन् भने आठ दिनमा क्रिया गर्न बसेर १२÷१३ दिनमा क्रिया समाप्त गर्ने चलन पनि छ । के यो चलन प्रथम ५ दिनमा अगाडि ल्याएर मर्दाको दिनदेखि ५ दिनमा क्रिया समाप्त गर्न मिल्दैन ? यो सहज रूपमा सर्वस्वीकार्य गरिएकोमा आजको संस्कार दर्विलो बन्न जाने छ। यस्ले आज समाजले चाहेको चाहना मात्र पुरा गर्दैन कि आर्थिक मितव्ययिता, सामाजिक र धार्मिक सहजता, समयको सदुपयोग, स्वास्थ्यमा कम असर लगायतका विविध पक्षमा टेवा पु¥याउँछ। यसरी मृत्यु संस्कारमा पनि आजको सन्दर्भमा परिवर्तन अत्यान्त्यै आवश्यक छ। यस सम्बन्धमा पनि कमल रिजालजीको धारणा यसरी हेर्न सकिन्छ– यथार्थ के हो भने आज अन्त्येष्टि कर्मसंस्कारप्रतिको सुधार यति बढी आवश्यक भै सकेको छ कि यदि संस्कारलाई बचाउने हो भने ढिलो चाँडो सबैले त्यही विन्दुमा नपुगी धार पाउँदैनन् । समयले सुधार माग गरिसकेको अवस्थामा कसैले रोक्न खोजेको भरमा त्यसलाई रोक्न सकिन्न।’ नेपाल प्रज्ञा प्रतिष्ठान र जनसंस्कृत प्रतिष्ठान नेपालको संयुक्त तत्वावधानमा आयोजनामा भएको गोष्ठिमा कार्यपत्र प्रस्तोता डा.प्रेम खत्री र शंकरप्रसाद पोखरेलले शास्त्रीय आधार र परम्परागत संस्कारको लोप हुने अवस्थाबाट जोगाउन र नयाँ युवा पिढीलाई कार्यबोझका बीच जोगाइ राख्न मृत्यु संस्कारमा सरलीकृत गर्नु पर्ने बताउनुको साथै किरात राई तामाङ र लामाले तीन दिनमा झारेका धारणालाई पस्कदै समय सापेक्ष रुपान्तरण र परिवर्तनको खाँचो रहेको बताएका छन् ।
क्रिया कर्म गर्दा पनि एक रूपता देखिदैन। कतै क्रियाकर्म गर्दा धेरै छोरा भए पनि दशगात्र, सपिण्डी करण, षोडश श्राद्ध एउटै छोराले (जेठो छोराले) गर्नु पर्दछ भनिएको देखिन्छ कतै बाबुको क्रिया जेठो छोरा र आमाको क्रिया कान्छोले गर्ने भन्ने कुराहरू पनि सुन्न र पढ्न पाइन्छन् । अतितको समाज र आजको समाजमा धेरै भिन्नता देखिन थालेको छ। त्यसो हुँदा नैतिकता, आचरण, अनुसाशन, कर्तव्यपालन, राष्ट्र राष्ट्रियता, स्वावलम्वन, धर्मसहिष्णुता, मानवता, धर्माचरण, मानवीय संवेदनशीलता आदि आदिमा सत्य आचरण राख्न यी गतिशीलतामा परिमार्जन हिजो पनि भएकै थिए र आज पनि आवश्यक देखिन्छन्। मृत्यु संस्कारमा परिमार्जन गर्नु पर्छ भन्दा पितृलाई स्मरण नगर्ने भन्न खोजिएको होइन। वंश परम्परा जलचर, थलचर, नभचर सबैमा जातीय शुद्धता चाहिन्छ। हरेक जीवको ऐतिहासिक विवरणको अभिलेख हुन आवश्यक छ। पितृस्मरण हुनुपर्दछ। बर्षमा दुई पटक पिण्ड दिएर पितृ स्मरण गर्ने चलन हाम्रो समाजमा छ। जसरी भए पनि कुलको स्मरण गर्नै पर्छ।
मलाई यहाँ एउटा प्रचलित उखान ‘जिउँदो ज्यानले माड पाएन मरेकालाई खीर’ भन्ने वाक्यलाई स्मरण गर्न मन लाग्यो किनकी यो कटु सत्य हो। जिउँदो छँदा कति बृद्धबृद्धाले असहाय अवस्थामा पानीसम्म पिउन नपाई कष्टदायी जीवन विताउँछन् । मरण पनि कष्टदायी हुन्छ तर तिनै कष्टदायी जीवनमा मृत्युवरण गर्ने वालाका छोराबुहारीहरूले आडम्वर प्रदर्शन गर्दै, गरुण पुराणमा भनिएका विविध दानहरू गर्दछन् । दान नगर्नुहोस् भन्ने मेरो लेखको आशय हैन । मेरो भनाइ के हो भने ती बृद्धबृद्धाले जिउँदै छँदा आनन्दको अनुभूति गर्दै स्वर्गारोहण हुन सकोस् । अर्थात् पेटभरी खाना खाएर जीवनको अन्त्य हुनुपर्दछ । मृत्यु पछि दिइने पिण्ड पितृले पाउँछन् भन्ने कुनै वैज्ञानिक प्रमाण पाइँदैन ।
त्यसोहुँदा जिउँदै छँदा नरकीय अनुभूतिको साथमा जीवन व्यथित गर्नु पर्ने र मरे पछि स्वर्गको आनन्द लिउन् भन्दै पिण्ड लगायतका दान गर्नुको कुनै औचित्य देखिँदैन। जिउँदै नरक भोग गराइएका बृद्धबृद्धालाई मृत्यपछिको दान दिए पनि नदिए पनि तिनको अवतरण भनेको स्वर्ग हो। रोग लाग्नु भन्दा रोग आउन नदिनु उत्तम उपाय भने जस्तै आनन्दमय जीवनका क्षणमा नै प्राप्त सुखलाई कायम गर्नु नै नरकीय जीवनबाट मुक्ति पाउनु हो । त्यसो हुँदा नर्क र स्वर्गको अनुभूति मानिसले पृथ्वीलोकमै गरेको छ र गर्ने कर्म यथावत नै जारी छ ।
छोराछोरीमा विभेद पूर्ण धारणा–गरुडपुराणले छोरा र छोरी बीचमा ठूलो विभेद देखाएको छ। मुक्ति प्राप्त गर्न छोरा नै चाहिने भनिएकोले छोरीहरू जति जन्मे पनि स्वर्गको यात्रा सफल पार्न छोरा जन्माउने कर्म गर्नु पर्छ भनिएको छ। छोरा जन्माउने धारणाले आजको जमानामा दुई सन्तान ईश्वरको वरदान भन्ने धारणामा असन्तुलन निम्त्याएको छ। गरुडपुराण लेखिदाको समाज र आजको समाजमा धेरै फरक छ। जनसंख्याको चाप बढ्दो छ। जन्माएका सन्तानलाई खान, लाउन, शिक्षा, स्वास्थ्य सबैमा ध्यान दिन साथै छोरा र छोरीलाई विभेद रहित बनाउन एकातिर नियम कानुन बन्दै गएका छन् भने अर्कोतिर धार्मिक विभेद यथावत कायम छ। एकातिर गर्भपतन पाप हो भने अर्काेतिर गर्भपतनले कानुनी मान्यता पाएको छ। आचरणहीन गर्भपतन आज पनि पाप हो तर श्रीमान् श्रीमती बिच कुशल नागरिक बनाउन आपूmले थाम्न सक्ने सन्तती बनाउनको लागि गरिने गर्भपतनलाई कसरी पाप ठान्ने ? यस्तो गर्भपतनले आमामा कुशल स्वस्थ्य सन्तान आवश्यक्ता अनुसार र बच्चाबच्चीको स्वास्थ पनि राम्रो र सक्षम नागरिकको सिर्जना गर्नमा सहयोगी सिद्ध हुन्छ। यो जन्म संस्कारमा भएको परिमार्जन हो।
दानमा देखिएको असहजताः दान गर्नु राम्रो हो तर अतिशयोक्ति दानभार निश्चय नै सर्वसाधारणको लागि पीडादायी हुन्छ। मुक्तिप्राप्त गराउने भनि विविध प्रकारका भय दर्शाइ गराइने दानबाट मुक्ति मिल्छ भन्ने कथन कहाँसम्म सत्य हुन्छ यो पनि मनन योग्य देखिन्छ। दानको हकमा कस्ले कति दान ग¥यो भन्दा पनि आँपूmले श्रद्धा स्वरूप स्वेच्छिक र गच्क्षानुसारको दान नै महादान हुनजान्छ। सनातन धर्ममा गाईदानको महत्व ठूलो मानिन्छ। अन्त्य धेनु, रुद्र धेनु, ऋण धेनु, मोक्ष धेनु, वैतरणी धेनु, वृषोत्सर्ग, संवत्सा (बाच्छासँगको गाई) दान आदि आदि गाई दानका प्रकारहरू देखिन्छन्। गाई दानमा पनि दान लिने व्यक्तिले सहजसँग दान स्वीकार्य गरेको देखिदैन। समयले गाई दानमा पनि परिमार्जन खोजेको छ। कुशको गाई बनाएर पैसा दान दिंदा सहजता देखिन्छ।
दानै दानबाट मुक्ति मिल्छ र स्वर्ग प्राप्त हुन्छ भनि भनिएका दानहरू धेरै प्रकारका छन् जस्तै घिऊ सुवर्ण सहितको अन्न दान, तिल दान, तिलसहितको अष्ठ दान, दशदान, भूमि दान, फलाम दान आदि दानहरू। दान दिइन्छ भने त्यो दान उपभोग र उपयोगमा ल्याउनेरूपमा दिनु पर्दछ। सुन दान भनेर एक रुपियाँलाई सुनमा घोटेर र भूमिदान भनेर एक टपरी माटोलाई दान दिएर कुनै औचित्य हुँदैन। यही पृथ्वीलोकमा मानिसले स्वर्ग र नर्क भोग गर्दछ। विभिन्न पापबाट भोगिने अल्प कालिन र दीर्घ कालिन नारकीय यातना मानव जीवनमा साक्षत हामीले देख्न पाउँछौं। कतिपय जीवहरू यस संसारमा सारा शरीर कुहेर सडेर उपचार गर्दा पनि स्वस्थ हुन नसकी मृत्युवरण गर्दछन्। कतिपय जीव अशक्त भएर आफ्नै दिसा पिसाब ग्रहण गर्न पुग्दछन्। मानिस मरणासन्न अवस्थामा पुग्ने वेला जीवनभरका आफ्ना कृतकर्महरू सम्झनु र आफन्तलाई देख्दा रुन थाल्नुजस्ता पीडादायिक तथा सुखका अनुभूतिहरू हुनु नै स्वर्गीय र नारकीय अनुभूति हुन्।
धर्मग्रन्थहरूले प्रदान गरेका मार्ग दर्शनहरू निश्चय नै जीवन उपयोगी छन्। लोकहीतकारी पनि छन्। यी दर्शन तत्कालिन समाजदेखि बर्तमान समाजसम्म र भावि समाजसम्मलाई मार्गदर्शन बन्दै जान्छन्। समयसापेक्ष ती मार्गदर्शनमा परिमार्जन गर्दै आएको पनि देखिन्छ। संस्कारलाई वैज्ञानिक करण गर्दै लैजानु अवश्य पनि बाटो बिराएको नभै संस्कारलाई तथा धर्मलाई संरक्षण र सम्बर्धन गर्नु पनि हो। अशुभकर्म तथा शुभकर्मलाई पहिचान गर्नु पर्दछ। शुभसंस्कारको अवलम्वन नै असल समाजको निर्माण हो। शुभ संस्कारको अवलम्वन गर्दै मानिस युग पुरुषमा पुग्दछ। यही जन्म सार्थकता पनि हो। विकृतिले भरिएका कर्मलाई संस्कारमा परिणत गर्न हुँदैन । मृत्यु संस्कारमा समयसापेक्ष यसलाई परिमार्जनको आवश्यक्ता छ भन्दा अन्यथा अर्थ नलागोस् किनकी समाजकल्याणको लागि रचिएका यी ग्रन्थमा समाजको परिवर्तनको साथसाथै समाजमा व्यवहारिक रूपमा व्यवहारिक र वैज्ञानिककरण हुँदै जानु पर्छ भन्ने मात्र हो । जो आजको सन्दर्भमा नित्यान्त आवश्यक छ । हुन त धर्म अनि संस्कार मान्ने नमान्ने मानिसको व्यक्तिगत स्वतन्त्रता पनि हो । कसैलाई वाध्यता पार्न पनि हुँदैन ।
जब समाजमा असहज अवस्थाको सिर्जना हुन्छ समाज र सरकारले नियम निर्माण गर्छ । समाज तथा सरकारका बनेका नियम कानुनले त्यसप्रकारका व्यक्तिलाई तत्काल त्यस्को सजाएँ भागी गराउँछ । सतीप्रथामा सती जान बाध्यता थिएन तर सती प्रथामा मानव स्वार्थले उच्चतम स्थान लिएको हुँदा यो प्रथालाई सरकारले कानुन निमार्ण गरेर बन्देज लगाउन प¥यो । बाल विवाह पनि आज कानुनले निषेध गरेको छ । संसारिक चक्र त वातावरणीय संतुलनको लागि सिर्जना (सृष्टि) भएको हो । यो सृष्टि सनातन चलिरहने प्रकृया पनि हो । यसमा पूण्यकर्मको निरन्तरता र कुकर्मको त्यज्यता नै कुसल समाजको सिर्जना हो ।
जीवनको अन्त्य मृत्युबाट हुन्छ यसलाई रोक्नसक्ने क्षमता संसारको कुनै ताकतसँग छैन ।यो संसार नै सबैले भोगेको र भोग्ने स्वर्ग र नर्क पनि हो । यही पृथ्वीमा स्वर्गीय जीवनमा रमाउँ र नारकीय जीवनबाट छुटकारा लिने कर्म गरौ भन्ने मेरो धाारणा पनि हो ।
Post a Comment