Sunday, March 18, 2018

वडा कार्यालयमै जातीय विभेद !

रामकरण हरिजन

नवलपरासी । हालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा नागरिकलाई कुनै प्रकारको पनि विभेद गर्न नपाईन भनि लेखिएको भए पनि नवलपरासीको पाल्हिनन्दन गाँउपालिकाको एउटा वडा कार्यालयमा दलित भएकै कारण कार्यलयको हलमा बैठक बस्न नदिएको भन्दै  दलित सम्बन्धी सरोकारवालाहरुले विरोध गरेका छन् ।
पाल्हीनन्दन गाँउपालिकाको वडा नम्बर ५ मा स्थानीय दलित संगठनले गाँउपालिकाको वडा कार्यालयमा बैठक बस्न माग गर्दा वडा अध्यक्ष ओम प्रकाश गुप्ताले दलितहरुलाई कार्यालय हलमा बैठक बस्न दिन नसेकिने भन्दै जातीय विभेद गरेको उनीहरुले जनाएका छन्। दलित अगुवाहरुले दलित भएका कारण नै सरकारी कार्यालयमा बस्न नदिको भन्दै विरोध गरे पछि कार्यालयमा बैठक बस्दा सरसफाई नहुने भन्दै कार्यालय दलितहरुलाई बैठक बस्न दिन नसकिएको वडा अध्यक्ष ओम प्रकाश गुप्ताले बताए । 
गत विहीवार स्थानीय दलित समुदायका युवाहरुले गाँउपालिकाको वडा नम्बर ५ मा दलित समुदायको बारेमा बैठक बस्न खोज्दा वडा अध्यक्षले दलित समुदायमाथि जातीय विभेदपूर्ण तरिकाबाट कार्यालयमा बस्न नदिएको भन्दै परासी क्षेत्रका अन्य संघसंगठनले समेत विरोध गरको स्थानीयले बताए । 
सरसफाईको विषय देखाएर मुख्य घटनालाई ढाकछोप गर्न खोजिएको भए पनि वडा अध्यक्षले दलितहरुमा माथि दलित भएकै कारणले सरकारी कर्यालयमा बैठक बस्नबाट रोक लगाएर जातिय विभेद गरेको भन्दै कानुनी रुपमा गएको खण्डमा वडा अध्यक्ष दोषी हुने अधिबक्ता मनोज हरिजनले बताए ।
केही समय पहिला साविक पाल्ही गाविसको कार्यालयमा एक जना दलित युवालाई गैर दलित गाविस सचिव सहित  गाविसका कार्मचारीले सरकारी कार्यालयमै कुटपिट गरेका थिए । सो कुटपिटको विषयम दोषीलाई कार्वाहीको माँग गर्दा नवलपरासीका सहायक जिल्ला जिल्ला अधिकारीले सम्म घटनालाई सामसुम पार्न दवाव दिएको पाल्हीनन्दन गाउपालिकाका स्थानीयबासीले बताए । 


Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal