Sunday, March 18, 2018

गाईपालनबाट महिनामै लाखौं आम्दानी

श्रीषा शाही

देवचुली। बर्दघाट सुस्ता पूर्व नवलपरासीको देवचुली नगरपालिका २ पुर्नबासका किसान ओम प्रकास बुढाथोकीले गाई पालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । 
सात बर्ष कोरियामा बसेर नेपाल फर्किएका बुढाथोकी अहिले नेपालमै गाई पालन गरेर बसेका छन्। बैदेशिक रोजगार त्यति सहज नभएको हुनाले कोरिया र अन्य खाडी मुलुक गएर क्षणिक कमाईमा भन्दा आफ्नै मेहनतले पसिना बगाउनु पर्छ भन्छन् – बुढाथोकी ।
नेपाल मै बसेर घर परिवारसंग मिठो नमिठो जे छ त्यही खाएर बस्नु जस्तो सन्तुष्टी विदेश गएर नहुने उनले बताए। त्यसैले नेपालमा बसेर केही त गर्नु पर्छ भन्ने ठानेर रु ७ लाखबाट गाई पालन गर्न शुरु गरेका थिए।
उनले २१ कठ्ठा जग्गा भाडामा लिएर गाई पालन गर्न थालेका हुन् । गाई पालनबाट दुख हुन्छ र यस्ले कमाई हुन्न भन्ने धारण राख्नेहरुलाई उदाहरण हो भन्छन् बुढाथोकी । बुढाथोकीले यस ब्यबसायबाट  कुनै घाटा नहुने हुनाले यस्ता व्यवसाय सुरु गरेको बताए। अहिले वुढाथोकिको २० बटा माउ गाइ र १४ बटा दुहुना गाइ गरि जम्मा २६ बटा गाई रहेको छ ।
बुढाथोकीले दैनिक जसो १ सय २० लिटर बजारमा दुध बेच्ने गर्दछन् । महिनामा गाईले खाने दाना, घाँस र अन्य खर्च कटाएर पनि मासिक रुपमा १ लाख रुपियाँसम्म बचत गर्दछन् । 
घरमै बसीबसी यो कमाइै हुनु भनेको निकै राम्रो हो भन्दै एक दुई जनालाई रोजगारी दिन सक्नु पनि उपलब्धी रहेको बताए। ‘बिदेश गएर युवाहरु अरुको अन्डरमा रहेर काम गर्ने हो । जहान परिवार आफना कोही आफैसंग हुन्न यो त आफनै देश हो न यहा परिवार टाढा हुनछ न त अरुको भर पर्न नै पर्छ । बिदेश गएर पनि दुख गर्नु पर्छ नै त्यसैले यो थोरै लगानीबाट ब्यबसाय गर्ने हो भने घाटा नहुने’ उनले बताए। 
परिवारसंग बसेर सानो ब्यबसाय गर्न लाज मानेर बिदेश हानिने सस्कारले गर्दा नेपालीहरु बिदेशी कम्पनीहरुको बजारमा श्रम बेच्छन् । तर सानो तिनो ब्यबसाय गरेर मालिक बन्न भन्दा हरुको गुलामीमा बिदेश जाने गरेको बुढाथोकीको भनाइ छ ।
लगानी गरेर नआतिने हो भने एक चोटी लगानी गरेपछि ब्यबसाय बढाउन फेरि लगानी गर्न नपर्ने ब्यबसाय हो पशुपालन ब्यबसाय । शुरुको एक दुई बर्ष पछि ब्यबसायमा गाइ बाख्रा पालन गर्नेहरुको संख्यामा स्वतः पुन थपदिै जाने हुनाले गाई पालन निकै राम्रो व्यवसाय हो ।
गाइ पालन होस या अन्य ब्यवसाय घाटा हुदैन । यति हो  ब्यबसायमा लगानी गरेर शुरु मै घाटा हुन्छ कि भनेर डराउन हुदैन । बस मेहनत गर्न र हिम्मत हार्न भने हुदैन। 
विदेशमा गएर कमाएको पैसा क्षणिक हुने हुनाले ब्यवसाय गरे यो दिर्घ कालिन हुन्छ ।  लाखौ पैसा खर्च गरेरु बिदेशी भूमिमा जान भन्दा सानो लगानीबाट पनि सन्तोस लिन सकिन्छ । लाखौ लगानी गरेर बिदेशमा सुख पाइन्छ र नेपालमा ब्यबसाय गरेर बस्दा इज्जत जान्छ भन्नेहरुकोे लागि यो एउटा शिक्षा पनि हो । गाई पालनमा हतार गरेर हुदैन । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal