Thursday, March 22, 2018

नेपाल विद्यार्थी संघ नवलपरासीमा सभापति पद रिक्त नरहेको भन्दै भ्रममा नपर्नको लागि विद्यार्थीहरुलाई आग्रह सभापति पौडेल।

श्याम थापा 
नवलपरासी । नेपाल विद्यार्थी संघ नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमको सभापतिको पद रिक्त नभएको हुदा विद्यार्थीहरुलाई भ्रममा नपर्नको लागि नेपाल विद्यार्थी संघ जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सभापति दधिराम पौडेलले आग्रह गर्नु भएको छ । केही ब्याक्तीहरुले सार्वजनिक संजालमा नचाहिने भ्रामक प्रचारप्रसार गरेको र नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका केन्द्रिय उपाध्यक्ष पवन यादवको हस्ताक्षर गरि ल्याएको नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको पत्र चलानी नम्बर समेत नभएको र सो पत्रनै गलत भएको र भ्रामिक प्रचारप्रसार गरेको भन्दै घोर भर्सना गर्दै नेपाल विद्यार्थी संघ नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिममा सभापतिको पद रिक्त नभएकोले गर्दा विद्यार्थीहरुलाई भ्रामिक प्रचारप्रसारको पछि नलागि आ आफ्नो काममा अघि बढ्नको लागि पनि जिल्ला सभापति दधिराम पौडेलले आग्रह गर्नु भएको छ । 
त्यस्तै नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका केन्द्रिय उपाध्यक्ष एवम नेपाल विद्यार्थी संघ प्रदेश न ५ का संयोजक प्रकाश रानाको हस्ताक्षर पत्र अनुसार मिति २०७४ माघ ३ गते नै नेपाल विद्यार्थी संघ जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सभापति पदमा दधिराम पौडेललाई तदर्थ समितिका सभापतिको जिम्मेवारी दिएको देखिन्छ । मिति २०७४ चैत ७ गते आएको नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका केन्द्रिय उपाध्यक्ष पवन यादवको हस्ताक्षर गरिएको पत्रको पछी नलाग्न र भ्रामक प्रचारप्रसार नलागी नेपाल विद्यार्थी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला कार्यसमितिका सभापति दधिराम पौडेललाई नै सभापतिको रूपमा मानी बलियो काङ्ग्रेसका लागि शसक्त नेपाल विद्यार्थी संघ निर्माण गर्नका लागि नेपाल विद्यार्थी संघको स्थानीय तहमा संगठन बिस्तार कार्यमा तिब्र रूपमा लाग्नको लागि नव गठित नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बर्दघाट सुस्ता पश्चिमका पदाधिकारीहरु र विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका उपाध्यक्ष एवम नेपाल विद्यार्थी संघ प्रदेश न ५ का संयोजक प्रकाश रानाले निर्देशन पनि गर्नु भएको छ । साथै केन्द्रिय उपाध्यक्ष एवम नेपाल विद्यार्थी संघ प्रदेश न ५ का संयोजक रानाले गलत रूपमा सार्वजनिक संजालहरुमा नेपाल विद्यार्थी संघको बिधान बिपरित कार्य गर्ने नेपाली विद्यार्थीहरुको नेपाल विद्यार्थी संघको साधारण सदस्य समेत नरहने गरि कारबाही समेत गर्ने उहाँले बताउनु भयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal