Wednesday, March 21, 2018

साहित्यको पछि राजनिति हुनुपर्छः खरेल

कावासोतीको कोइलापानी निवासी साहित्यकार लोकनाथ खरेल शिव माविमा अध्यापन समेत गराउंदछन् । उनले साहित्य र अध्यापन पेशालाई संगसंगै अगाडि बढाएका छन् । उनका अक्षरयात्री कविता संग्राह, शब्दयात्री छन्दोवद्ध कविता संग्रह र फुटकर कविताहरु प्रकाशित छन्।
२०२०।०८।१३ मा गुल्मीको अल्र्ला·कोटमा जन्मिएका खरेल साहित्यमा लागेकै कारण विभिन्न क्षेत्रबाट सम्मानित समेत भएका छन् । साहित्यकार खरेलसंग दाउन्ने साप्ताहिकका लागि श्रीषा साहीले गर्नुभएको कुराकानीको सम्पादित अंश





नेपाली साहित्यसँग जोडिनुभएको छ तपाईंको कर्मलाई आपैmले व्याख्या गर्नुपर्दा कसरी गर्नुहुन्छ?
साहित्यका कलात्मक सिर्जनाको रस स्वादन र अन्तर हृदयको प्रवाहले म साहित्यको महासागरमा स्पर्श गर्ने प्रयासमा छु। डुबुल्की मार्ने कोसिसमा छु। अहिले साहित्य श्रृजनालाई पूर्णतया आफ्नो कर्म बनाउन सकेको छैन् । तथापी केही समय साहित्यलाई समर्पण गर्न हतारिरहेको हुन्छु । समय पायो कि केही न केही लेखिहाल्छु । व्यस्तता भित्रको समयलाई पनि सदुपयोग गर्नु मेरो कर्म बनेको छ । अध्यापन र रचनालाई निरन्तरण दिएको छु । 
नेपाली साहित्यलाई कसरी हेरिरहनुभएको छ ? यसले उठाएका विषय र मुद्धा के–के हुन्?
साहित्य अन्तर ह्दयका अनुभूतिलाई कलात्मक रुपमा प्रस्तुत गर्नु साहित्य झै लाग्छ। अहिलेको सन्दर्भमा साहित्य विकशित पनि भएको छ। छरपष्ट पनि भएको छ। यसलाई विश्वसनीय बनाउन पनि प्रयास गर्नुपर्छ। यसले सबै सामाजिक, राजनैतिक, प्राकृतिक, धार्मिक, आर्थिक, सस्कृतिक नैतिक मुल्यवान र देशभक्ति एवम् राष्ट्रियता जस्ता बिषय र मुद्दामा साहित्यले सधै सचेत गराउने काम गरेकै छ। 
साहित्यमा जहिल्यै केन्द्र र मोफसलको कुरा आउ“छ । केन्द्रले मोफसललाई बेवास्ता ग¥यो भनिन्छ । के त्यस्तै पाउनुहुन्छ ?
साहित्यकारले आत्मा गौरवका साथ बाँच्न सक्ने अवस्था छैन् । सिर्जित रचना प्रकाशनको समस्या कठिनाईपूर्वक प्रकाशन भएपनि विक्री वितरण नहुने समस्या यी साहित्यकारको पीडा हुन्। केन्द्र चनेर प्रज्ञालाई नै सम्झनु पर्ला? केन्द्रले लुकेको कस्तुरीको खोजी गर्नु र सहयोग गरेको देखिदैन। केन्द्र त पहुँचवालाहरुको पेवा जस्तै भएको छ। 
नवलपरासीको स्थानीय साहित्यिक गतिविधीलाई कसरी नियालीरहनुभएको छ ?
नवलपरासीको साहित्यक गतिबिधिमा रुचि राख्ने श्रष्टाहरु श्रमजीवि भएकै कारणले जति अगाडि बढ्नु पर्ने हो त्यति अगाडि बढ्न सकेको छैन्। तथापी केही साहित्यकारहरु जुरमुयाइरहेको छन्। त्यसमा सबै माया पायौं भने पक्कै अगाडि बढ्छ ।
मोफसलले केन्द्रमा हस्तक्षेप गर्न नसकिरहेको हो कि ?
केन्द्रमा हस्तक्षेप राजनितिले गरेको छ । मोफसलले के गर्ने त ?
तपाईंलाई लाग्दैन मोफसलले आवश्यक विषयवस्तु उठाउन नसकिरहेको हो ?
आवश्यक बिषय बस्तु उठाउन नसकेको होईन । उठेकै छन् । स्तरीयता कम होला तर केन्द्रले वा सरकारले साहितयकारको संरक्षण र जीविकोपार्जनको वातावरण मिलाई दिने हो भने साहित्कका मोतीहरु चम्कने थिए। कैयौं मोती पर्दाले छोपिएका छन्। ती चक्नि नपाउनु राज्यकै लागि घाटा हो ।
शैलीगत रुपमा पनि यहाँको साहित्य कमजोर हो कि ?
शैलीगत रुपमा यहाको साहित्य कमजोर त होइन । शैलीगत बिबिधतामा बिधि बिधाका श्रृजना पढ्का छौ । केही कुरा कुरा सुधार्न पर्छ त्यो स्वाभाविक हो । 
मोफसलको साहित्यलाई बलियो बनाउन के गर्नुपर्ला ?
यहाँको साहित्यलाई बलियो बनाउन यस क्षेत्रका सबै साहित्यकारहरुमा एउटै मन हुनुपर्छ । एकले अर्कालाई सम्मान गर्नुपर्छ । राजनितिको पछि साहित्य होइन साहित्यको पछि राजनिति हुनुपर्छ । साहित्य गतिविधिलाई सक्रियाताका साथ  निरन्तर सहभागी र स्थानीय सञ्चारका माध्यमहरुले प्राथमिकता दिएमा यहाको साहित्य बलियो हुन्छ। साथै स्थानीय नगरपालिकाले साहित्यमा महत्वपूर्ण भूमिका निर्वाहा गनुपर्छ । 
नेपाली साहित्यमा केन्द्र र मोफसलको दूरी घटाउन के गर्नुपर्ला ?
केनद्र र यहाको समन्वयकारी भुमिकामा स्थानिय निकायले सक्रियता देखाउनु पर्छ । यो क्षेत्रमा साहित्यका बिभिध गतिबिधि सञ्चालन गरी केन्द्रलाई आर्कर्षित गनृ सक्नुपर्छ । त्यस्को लागि जिल्लाका सबै नगरपालिका र गाउपालिका समेटेर नेपाली साहित्य प्रतिष्ठान नवलपुरको माध्यमबाट अगाडि बढ्न सकियो भने केन्द्र नै आउँछ ।  खोजेर हामी धाउन पर्दैन जस्तो लाग्छ ।
साहित्य र अध्ययन जोडिएर आउ“छन् । तपाईंको पठन अनुभव सुनाइदिनुस न?
अध्ययन बिनाको श्रृजनामा त्यति खिार आउन सक्दैन । त्यसैले साहित्यकार बन्न अध्ययनको निरन्तरता हुन पर्दछ। मेरो सन्र्दभमा उत्कृष्ठ श्रृजनाहरु मैले पढ्ने गर्छु । समयको अभाव हुँदाहुँदै पनि वर्तमानमा आवश्यक्ता अनुसार पढ्छु। अध्यापन अध्ययन र सिर्जना संगसंगै अगाडि बढाएको छु । 
मनपर्न किताब कुन–कुन हुन् ?
मलाई मन पर्ने पुस्तकहरु त संस्कृत आचार्यहरुको काव्यिक ग्रन्थहरु र चर्चित साहित्यकारका उत्कृष्ठ सबै रचना मन पर्छ । यी मध्ये रोज्न परेमा देवकोटाको मुनामदन मन पर्छ ।
मनपर्ने पात्रहरु कुन–कुन हुन् ?
पात्रको सन्र्दभमा कुनै पनि भूमिकामा सहज र स्वभाविक सरल जीवन शैली कर्तव्यनिष्ठ र अनुकरणी चरित्र भएको पात्र मन पर्छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal