Thursday, March 22, 2018

तीन हप्तादेखि दुई बालक वेपत्ता, खोजीका लागि परियारका आग्रह


नवलपरासी, ९ चैत्र । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाबाट ३ सातादेखि दुई जना बालक वेपत्ता भएका छन् ।

मध्यविन्दु नगरपालिका १३ मैनाघाट निवासी दुइ जना बालकहरु वेपत्ता भएको र अझै सम्पर्कमा नआएकोले खोजीका लागि उनका परिवारले सम्बन्धित सरोकारवालालाई अपिल गरेका छन् ।

गत फागुन १५ गते विहान आफ्नै घर वाट मैनाघाटका १४ वर्षिय तुलविर वयम्वु र टेक वाहादुर राना हराएका हुन् ।

सरस्वती मावि मैनाघाटमा कक्षा ६ मा अध्यनरत वालकहरु परिवारबाट सम्पर्क विहिन भए देखि नै खोजविन गरिए पनि अहिले सम्म फेला पार्न नसकिएको पारिवारजनले जनाएका छन् ।

बालकहरुको बार्षीक परिक्षा नजिक आइरहेको र उनिहरुको केहि पत्तो नलाग्दा परिवार चिन्तीत बनेका हुन् । गहु गोरो वर्णका दुइ वालकको खोजीका लागि प्रहरीकार्यालय , नागरीक समाज पत्रकार मानबअधिकार कर्मीहरु तथा सम्पुर्णमा आग्रह गरिएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal