Thursday, March 22, 2018

जनता (कविता) शंकर भण्डारी

शंकर भण्डारी

खै तिम्रो परिभाषाको जनताभित्र
को–को पर्छन कुन्नि
तिमीले जनताको नाममा
भाषण गरिरहँदा
उज्यालो देख्छु,
ठेकेदारहरूको अनुहार
तालि बजाउँछन् विचौलियाहरू

तिमीले जनता भनी
सम्बोधन गरिरहँदा
मख्ख पर्छन्
तारे होटलका मालिकहरू
मुख मिठ्याउछन
भ्रष्ट र तस्करहरू

किन कहिल्यै अटाउँदैनन्
तिम्रो परिभाषाभित्र
कमैया र मजदुरहरू
दलित र किसानहरू
तिम्रो सम्बोधनमा नछोईएका
यिनीहरू को हुन?
आतंककारी ?
देशद्रोही?
विद्रोही ?
क्रान्तिकारी ?
वा कम्युनिस्ट ?
आखिर को हुन यिनिहरू?
जो सधै,
सत्ताको जातोमुनि पिसिएर सकिन्छन्
जो सधैं,
सत्ताको भ¥या· बनेर टेकिन्छन्

तिमीले नाथे भनेर हेपेका
यिनै निमुखाहरू
तिमीले जनता बन्न नदिएका
यिनै शरणार्थीहरू
साच्चै उठे भने एकदिन
के सुरक्षित रहला
तिम्रो सिंहदरबार ?
याद गर महासय
आगोमा रोटिमात्र
सेकिदैन सधैं
आगो फैलन पनि सक्छ
डढेलो बनेर
यी मान्छेहरू आफै
बिऊ हुन आगोका

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal