Sunday, March 18, 2018

पोखरा

दीपक सोती 

म त पहिले पोखरामा साहै प्यारो थिएँ
शहर भरी मानिसको साहै माया पाएँ
म विनाको पोखरा त निरास हुन्छ भन्थे
पोख्रेलीले घरकै जहान सरी प्यार गर्थे

ताल, नदी गारु बस्ती मेरै कुरा सुन्थे
रमाउँदै गाउँदै नाच्दै स्वर्ग जस्तै मान्थे
बाबा आमा भाई बैनी गर्थे नमस्कार
पोख्रेलीको मनमा कति पाइन् तिरस्कार

प्राकृतिक ती सौन्दर्य मुटु भरी नाँच्छन्
सपनामा अतितका साथी भाई हाँस्छन्
पहिले पहिले पोखरामा मोज मस्ती थियो
मैले छाड्दा मेरो जीवन धिक्कार जस्तै लाग्यो

पोखराका नयाँ भाई ऐले पराई भए
म विर्सिन्न सरुभरुवा छात्ती पिटी रोए
यो छातीमा बस्छ सधै पोखराको माया
आखाँ भरी नाचीँ दिन्छ पोखराको छाया

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal