Monday, March 19, 2018

एक पटक घुम्न जानै पर्ने त्रिवेणीधाम (स्थान परिचय) फोटो फिचर सहित













धार्मिक, पर्यटकीय, पुरातात्विक एवं ऐतिहासिक रुपमा महत्व बोकेको नवलपरासीको त्रिवेणीधाम तपाई जानु भएको छैन भने जाने तयारीमा योजना बनाउनु भए हुन्छ।  पूर्वपश्चिम लोकमार्गको वर्दघाट त्रिवणी चोकदेखि दक्षिण तर्फ ३० किलोमीटरको दुरीमा रहेको त्रिवेणीघाम उत्तरबाट बगेर आएको त्रिवेणी, पूर्वतर्फबाट आएको पन्चा र तमसा (शोणभद्रा) नदीहरुको संगम स्थलको रुपमा रहेको त्रिवेणीधाम प्राकृतिक रुपमा अत्यन्तै मनोरम रहेको छ । 
भारतीय सीमासंग जोडिएको नवलपरासीको यो त्रिवणीधाम उत्तर, पूर्व र दक्षिण तर्फ हरियाली पहाडको मानोरम छटाले भरिएको छ । दुई ठूला पहाडहरुको बीचमा उत्तर तर्पmदेखि बगेर आएको निर्जल सफा नारायणी नदीको पानीले यहां पुग्ने हर कसैलाई आकर्षण गर्दछ । यो नारायणी नदी त्रिवेणीमा पुगेपछि त्रिवेणी नामले परिचित छ। यही नदीको नामले यस क्षेत्रको नाम त्रिवेणी राखिएको छ। त्रिवणीधाम घुम्न जांदा त्रिवेणी मुख्य धाम देखि करिब ३ किलो मिटरको दक्षिणतर्फको दुरीमा गण्डक नहरको मुहानको स्थानमा पनि सहजै अवलोकन गर्न सकिन्छ ।
भारतीय गण्डक नहरले नारायणी नदिको पानी थुनेका कारण नारायणी नदिको पानी त्रिवेणीधाममा शान्त बनेको छ । दुवै तर्फ अग्ला हरिया डाँडाको बीचमा नारायणी नदीको निलो पानीको दृष्यले यहां आउने जो कोहीलाई पनि लोभ्याउने गर्दछ।
त्रिवणी धाममा नारायणी नदीको पूर्वी भागमा रहेको हरियाली डांडाको भाग चितवन राष्ट्रिय निकुन्जको भाग भएकाले अनेक पटक नारायणीमा पानी खान आउने दुर्लभ वन्यजन्तुको समेत दृश्य अवलोकन गर्न सक्ने अवस्था रहको छ । दरौदी, मादी, मस्र्याङदी, सेती, काली, त्रिशुली र बुढी गण्डकी समेत सातवटा नदि मिलेर बनेको नारायणी ठुलो नदि उत्तर तर्फवाट आएर पूर्व चितवन तर्फबाट पन्चा र तमसा नामका दुई साना नदी त्रिवेणीसुस्ता गाविस वार्ड नम्बर ३ को त्रिवेणीमा मीले पछि त्रिवेणी वास्तवमा त्रिवेणी बन्न पुग्दछ । त्रिवेणीदेखि तल दक्षिणतर्फ झरेर नदीले भारतीय भुभाग छुना साथ नारायणी नदीलाई गण्डक नदी भन्ने गरिन्छ । 
नवलपरासी जिल्लाको सदरमुकाम परासीदेखि दक्षिणपूर्व ३४ किलो मिटरको दुरीमा अवस्थित त्रिवेणी हिन्दु धर्मावलीहरुको प्रसिद्ध तीर्थ स्थल हो । हिन्दु धर्मका आधारमा भारतमा प्रयाग र नेपालमा त्रिवेणी यी दुई स्थान उत्तिकै श्रद्धा र आस्थाको केन्द्र मानिन्छन् । तीन नदिको संगम त्रिवेणीमा स्थान गर्नाले पुण्य मिल्छ र मोक्ष प्राप्ती हुन्छ भन्ने धार्मिक विश्वासका कारण माघे सक्रान्तिमा यहां त्रिवेणीमा नुहाउन र शिवालयमा जल चढाउन भारत नेपालका विभिन्न स्थानबाट भक्तजनको ठुलो संख्या आउने गरेको छ । पाँच दिन सम्म चल्ने माघे संक्रान्तिमा नेपाल र भारतको विहार, उत्तर प्रदेश लगायतका विभिन्न स्थानबाट तीर्थ यात्रीहरु स्नान आउने गर्दछन । धार्मिक मेलाको अवसरमा नाटक, सरकस सहित अन्य सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने हुनाले मेलमा लाखौंको उपस्थिती हुने गरेको छ। त्रिवणीधाममा माघेसंक्रान्ति सहित कृष्णाष्टमी, माघेऔंसी, गुरुपूर्णिमा, महाशिवरात्री, रामनवमीमा लगायतका पर्वहरुमा समेत धार्मिक मेला लाग्ने गरेको छ । यस प्रकारका मेलाहरुको व्यवस्थापन स्थानीय गाउंपालिकाले गर्दछ भने शान्ति सुरक्षाको व्यवस्था स्थानीय प्रसासनले मिलाउदै आएको छ ।
त्रिवेणीदेखि नारायणी पारी २ किलोमिटर पूर्व चितवनको जङगल क्षेत्रमा एव तमसा नदिको तिरमा महर्षि बाल्मीकिको आश्रम रहेको छ । यसै स्थानमा बसेर वाल्मिकीले रामायण लेखेको ऐतिहारिक भनाई रहेको छ । यसलाई राम र सीताका पुत्र लवकुश जन्मे हुर्केको ठाउंको रुपमा पनि परिचित छ । वाल्मीकी आश्रम भएको स्थान चितवन  जिल्लामा पर्ने भए पनि बाल्मीकी आश्रमदेखि मथिल्लो भागमा चितवन राष्ट्रिय निकुन्ज पर्ने भएका कारण चितवन तर्फबाट भन्दा नवलपरासीको त्रिवेणीबाट बाल्मीकी आश्रम जान सहज हुने हुनाले त्रिवेणीधाम आउँदा ऐतिहासिक बाल्मीकी आश्रमको पनि भ्रमण गर्न छुटाउन नहुने त्रिवेणीमोक्ष्यधामका स्वामी कृष्ण प्रपन्नाचार्यले बताउनु हुन्छ । बालमीकी आश्रममा अनेकौं प्रकारका पुरातात्विक महत्वका बस्तुहरु समेत फेला परेको भए पनि यीनको ऐतिहासिक महत्वका बारेमा आवश्यक अध्यन भने हुन सकेको छैन । बाल्मीकी आश्रम जानका लागि त्रिवेणीधाम देखी नारायणी नदीमा रमणीय ढुंगा यात्रा गरेर जान व्यवस्था रहेको छ । बाल्मीकी आश्रम रहेको यसै स्थानमा सीताका दुई छोरा लव र कुशको जन्म भएको कुरा बाल्मीकीले लेखेको रामायणमा लेखीएको छ । लव, कुशले शिक्षा दिक्षा पनि यसै स्थानमा पाएको ऐतिहासिक भनाई रहेको भए पनि पुरातात्वीक अध्ययन गर्न भने बाँकी रहेको छ । यसै बाल्मीकि आश्रमको स्थानको नामबाट आश्रमदेखि दक्षिण तर्फ अवस्थित भारतको विहार चम्पारण जिल्लाको सिमावर्ती बजार भैसालोटनलाई विहार सरकारले अहिले बाल्मीकिनगर नामाकरण गरेको छ । भौगोलिक र धार्मीक ऐतिहासिकताका हिसाबले भारतको ऋषीकेश जस्तो अवस्थामा रहेको नवलपरासीको त्रिवेणीमा राज्यको तर्फबाट आवश्यक ध्यान पु¥याउन नसकनाले उचित प्रचार प्रसार हुन सकेको छैन ।
त्रिवेणी नजिकै दक्षिण पश्चिम तर्फ प्राचिनकालिन ऐतिहासिक शिवपुरगढी (सुरक्षा किल्ला) को भर्नाअवशेष रहेको छ । यस किल्लाको वरिपरी मन्दिर, भवन, शिलापटट लगाएतका  भनौवशेषहरु रहेका छन । यी कलात्मक बस्तुहरु १७ औं १८ औं शताब्दीका हुन सक्ने अनुमान गरिएको छ । यो किल्ला प्राचिन पाल्पाली सेन राजाहरुको दक्षिण तर्फका अन्तिम किल्ला हुन सक्ने पुरातत्व विभागले अनुमान लगाएको छ भने स्थानीय केही बृद्ध व्यक्तिहरुको भनाईमा यो किल्ला बुद्धकालमा राजा बन्धु सिंहकोले बनाएको बताईएको छ। स्थानीयबासीका अनुसार या किल्लाबाट एउटा सुरु· बनाईएको छ जुन सुरु· भारत उत्तरप्रदेशको महाराजगञ्ज जिल्ला निचलौल तहसिलमा निस्कन्छ । यो गुफा अहिले भने पुरिएको अवश्थामा रहेको छ ।  
त्रिवेणीधाम एवं वाल्मीकी आश्रमको धार्मीक एवं ऐतिहासिक महत्वका बारेमा धार्मीक पुस्तकहरुमा पढेर स्थलगत अध्ययन एवं पुजापाठका लागि भारतका विभिन्न स्थान सहित दक्षिण भारतबाट भक्तजन एवं धार्मिक अध्ययनकर्ताहरु समेत आउने गरेको स्वामी कृष्ण प्रपन्नाचार्य बताए। 
त्रिवेणीधाम एवं बाल्मीकी आश्रममा आउने प्रर्यटकहरुमा ७० प्रतिशत नेपाल बाहिरबाट आउने गरेको बताईएको छ ।   करिब १३ विगाहा क्षेत्रफलमा फैलिएको यस त्रिवेणीधाममा अहिले अनेक आधुनिक संरचनाहरु बनेका छन जस मध्य शिशैशिशाले बनेको शिशमहल पछिल्ला दिनहरुमा पर्यटक लाई लोभ्याउने एक केन्द्र बनेको छ । त्रिवेणीधामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ ।   

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal