Wednesday, March 14, 2018

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

१ चैत, कावासोती । नवलपरासीको कावासोती नगरपालिका-३मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट स्थानीयबासी ३८ वर्षीया कमला कँडेलको गएराति मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भित्री सडकखण्डको देवीचोक भन्ने ठाउँमा पूर्वबाट पश्चिम गैरहेको ना ३३ प १०५० नम्बरको मोटरसाइकलले कँडेललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी कँडेलको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal