Wednesday, March 14, 2018

कावासोतीमा गोरु आतंक, दुई जना गम्भीर घाइते

नवलपरासी, १ चैत्र । नवलपरासीको कावासोती ३ पश्चिम टोलमा गोरु आतंक भएको छ । गोरुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 
केही महिना अगाडिदेखि छाडा रुपमा रहेको उक्त गोरुले कावासोती ३ पश्चिम टोल निवासी ७० बर्षीय जितबहादुर महतो र ६८ बर्षीया महिला पर्मतीय महतो गम्भीर घाइते भएका छन् । 
घाइतेहरुको टाउको हात खुट्टामा गम्भीर चोट लागेको छ । रातिको समयमा घर घर पस्दै गोरुले आक्रमण गर्न थालेपछि प्रहरी र स्थानीयले रातभर लगाएर विहान ४ बजेतिर मात्र उक्त गोरुलाई नियन्त्रणमा लिएको थियो । 
घाइते जितबहादुरको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको र पर्मतरियाको मध्यविन्दु अस्पताल डण्डामा उपचार भईरहेको छ। 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal