Sunday, April 8, 2018

ठेक्का सदर भएर पनि नलिने कम्पनी कालो सूचीमा (हेर्नुहोस् भिडियो सहित)

नवलपुर । कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले केरुङ्गे खोलामा गिटी बालुवा निकासीका लागि टेन्डर परेर पनि टेन्डर नउठाउने कम्पनीलाई कालो सूचीमा राखेको बताएका छन् । 
कावासोतीका पत्रकारहरुसंग आयोजित परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने – ठेक्का परेर पनि नलिने कम्पनीलाई धरौती जफत गरेर सार्वजनिक खरिद अनुगमन कार्यालयमा पनि कालो सूचीमा राख्न सिफारिस गरेको र नगरपालिकाले उक्त कम्पनीलाई कालो सूचीमा राखेको छ । 
उनले पहिलो फर्मले टेण्डर नउठाएपछि दोस्रो फर्मबाट २ करोड ३ लाख राजश्व उठेको र पहिलो फर्मको धरौटी जफत सहित सवा दुई करोडको हाराहारीमा राजश्व संकलन भएको बताए । 
त्यस्तै कावासोती नगरपालिकामा सुसासन कायम गर्न आफू लागि पर्ने बताएका छन् । 
एक हप्ता अगाडि सरुवा भई कावासोती आएका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले कावासोती नगरपालिका भित्र सुशासन कायम गर्नका लागि कही कतै आफ्नो कर्मचारीहरुबाट त्रुटी हुन गए त्यसलाई सच्चाएर अगाडि बढ्न खबरदारी गर्नका लागि पत्रकारलाई आग्रह समेत गरे । 
छलफल कार्यक्रममा नवलपुर क्षेत्रमा रहेका पत्रकारहरुले  कावासोती नगरपालिकामा   फोहोर  मैला व्यवस्थापन  हुन नसक्नु , नगरपालिकाले कर तिर्दा परेको समस्या र अन्य भुकम्प प्रतिरोधात्मक  घर र  केरुङगे खोलाको पुल निर्माण कार्यसम्वन्धि छलफल गरिएको थियो । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal