रामकुमार श्रेष्ठ
नवलपुर । नवलपरासीमा पनि विभिन्न सामुदायिक विद्यालयहरुले निशुल्क पाठ्य पुस्तक वितरण गरेको छ ।जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना भएकै दिन नयाँ पुस्तक दिन थालिएको छ ।
जिल्लाका विद्यालयमा सञ्चालन भैरहेको भर्ना अभियान अन्र्तरगत निशुल्क पुस्तक वितरण गरिएको हो ।
यसैविच बुधबार कावासोति २ स्थित शिव नमुना मावि मा पनि एक कार्यक्रमको आयोजना गरि भर्ना हुने विद्यार्थीलाई निशुल्क पाठ्य पुस्तक वितरण गरिएको छ ।
जिल्ला समन्वय समितीका प्रमुख चेस राम आले र विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष श्रीराम सिग्देलले विद्यार्थीहरुलाई पुस्तक वितरण गर्नुभएको थियो ।कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिती प्रमुख आलेले कोहि पनि विद्यार्थी विद्यालयको पहुच वाट टाढा हुन नपरोस भन्दै आफुहरु लागी परेको वताउनुभयो । भर्ना हुन नआउने वालवालीकाहरुका लागी घरदैलो कार्यक्रममा लाग्ने वताउनुभयो । उहांले १४ गते सम्म विद्यालयमा आउने विद्यार्थीलाई स्वागत गर्ने र १५ गते वाट घरघरमा भर्ना अभियानका लागी पुुग्ने वताउनुभयो ।
सामुदायिक विद्यालयमा अंग्रजी माध्यममा पढाई हुन थालेपछि विद्यार्थी तथा अभिभावकहरुको आकर्षण वढ्दो रहेको स्रोत ब्यक्ति हरी प्रसाल सिग्देल ले वताउनुभयो ।उहांले विद्यालयमा भर्ना हुने वित्तिकै विद्यार्थीले पुस्तक पाउने भन्दै विद्यालयको पहुच वाहिर रहेका विद्यार्थीलाई विद्यालयको पहुचमा ल्याउन सुचना प्रवाह गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितीका सदस्य रितु कुमाल ,प्रिन्सीपल चुरामणी शर्मा कण्डेल,विद्यालयका शिक्षक एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी कावासोती ३ को जीवन ज्योति माविमा पनि कक्षा ९ र १० का विद्यार्थीहरुलाई बुधबार निशुल्क पुस्तक वितरण गरिएको छ ।
वडा सदस्य पवनकुमारी महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा ९ का १४ जना र कक्षा १० का ३२ जना विद्यार्थीहरुलाई निशुल्क पुस्तक वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सुमित्रा लम्सालले उत्तीर्ण विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
जीवन ज्योति माविले यस बर्ष घर दैलो अभियान तथा भर्ना अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गरेपछि यस बर्ष मात्रै ५० जना नयाँ विद्यार्थी थपिएका छन् ।
त्यसैगरी पश्चिम नवलपरासीका प्रतिनिधि सभासद रामलखन हरिजनले बुधबार ११ जना विपन्न परिवारका बालबालिका हरुलाई शौक्षिक सामाग्री सहित पश्चिम नवलपरासीका प्रतिनिधि सभा क्षेत्र नंं. १ विभिन्न बिधालयहरुमा भर्ना गनर्् भएको छ ।
जस मध्ये डम्मर निमावि पिपर पातिमा सविता डोम, र पवन डोम, गणेश मावि जगन्नाथ पुरमा सम्झना डोम, रवि डोम, रञ्जना मुसहर, राहुल मुसहर र सुसिला मुुसहर , त्यस्तै ज्ञान मन्दिर मावि सुर्यपुरामा सुरज मुुसहर , शुभकामना निमावि कुडियामा हरेराम चमार, र लक्ष्मण चमार कोटिहबा प्रावि माधबपूरमा अर्जुन मुसहर लाई भर्ना गर्नु भएको हो ।
भर्ना कार्यक्रममा बोल्दै सभासद हरिजनले कक्षा १ देखि कक्षा ५ सम्मका आफुले भर्ना गरेका बिधार्थि हरुका लागि बिशेष छात्रा बृत्तिको घोषणा गर्नु भएको थियो , साथै कक्षा ६ देखि कक्षा १० सम्म पढ्ने विधार्थिहरुको लागि पनि आफुले सहयोग गर्नै प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
यता नवलपरासीको बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्माले नगरक्षेत्रको शैक्षिक गुणस्तर बृद्धि गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
दाउन्नेदेवी माविले आयोजना गरेको पुस्तक बितरण कार्यक्रम मा बोल्दै उहाँले नगरकोको शैक्षिकस्तर बृद्धिका लागि आफुले सरोकारवालाबीच सहकार्य गर्ने समेत जानकारी दिनुभयो ।
कार्यक्रम श्यामसुन्दर चौधरीको अध्यक्षता नेत्रलाल न्यौपानेको स्वागतमा भएको थियो । कार्यक्रम १ सय ५० अग्रेजी र २ सय नेपाली माध्यमका बिद्यार्थीहरु भर्ना गरिएको थियो ।
दाउन्नेदेवी माविले अग्रेजी र नेपाली दुवैमाध्यमबाट अध्ययन अध्यापन गर्दै आएको छ ।
त्यस्तै नवजीवन मावि बाडिपिडितमा पुस्तक वितरण कार्यक्रम सम्पन्न भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नगर कार्यपालिका सदस्य रविन्द्रबिक्रम हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बर्दघाट नगर कार्यपालिका सदस्य तथा आर्थिक विकास समितिका संयोजक समेत रहनुभएका हमालले वडामा रहेका ३ वटा सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिकमा आफु सदैव तयार रहेको बताउनुभयो ।
उहाँले निजी शिक्षा र सामुदायिक शिक्षाबीचको खाडल पुर्नका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो ।
कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मन्जु चालिसेको अध्यक्षतामा भएको बिद्यालयका प्रअ अर्जु पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै बर्दघाट नगरपालिकाको वडा नम्बर ५ पालडांडामा रहेको शान्ति निकुञ्ज रेवती गौमाता गौतम माबीमा नया“ ३० जना सहित हालसम्म ३ सय विधार्थी भर्ना भएका छन् । वडा नम्बर ५ का वडाध्यक्ष रेश्मीराज भट्टराईले कक्षा ४ मा कृति नेपालिलाई भर्ना गरी अभिभावकत्व समेत ग्रहण गरी भर्ना अभियानको सुरु गर्नुभएको थियो । त्यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष मोमविन मियाले अली मियालाई कक्षा ७ मा भर्ना गर्नुभएको थियो । भर्ना भएका विद्यार्थी हरुलाई आज विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिरा गिरी र वडा नम्बर ५ का वडा अध्यक्ष रेश्मीराज भट्टराईले संयुक्त रुपमा निशुल्क पाठ्यपुस्तक वितरण गर्नुभएको थियो ।
त्यस्तै बर्दघाट नगरपालिकाकै वडा नम्बर २ मा रहेको दिब्यज्योती माध्यामिक विद्यालयले पनि भर्ना अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ ।
अहिले सम्म विद्यालयमा नया भर्ना हुने र अहिले सम्म भर्ना भएका विद्यार्थीहरुलाई वडा अध्यक्ष दया दर्लामीले पाठ्यपुस्तक वितरण गर्नुभएको थियो उहाले कक्षा ८ मा गएकी सबनम अन्सारीको अभिभावत्व लिनु भएको छ । विद्यालयका प्रधानाध्यापक हुमनाथ आचार्यले पनि अभिावकत्व ग्रहण गर्दै .कक्षा ९ मा गएका समिर अधिकारीलाई डे«स, जुत्ता , लगाएत पाठ्य पुस्तक प्रदान गर्नु भएको थियो ।
त्यसैगरी प्रतापपुर गाउपालिकालाई शिक्षा क्षेत्रमा बिकास गर्न आफुले हरेक तवर बाट तयार रहेको प्रतापपुर गाउपालिका का अध्यक्ष राजकुमार शर्माले बताउनु भएको छ ।
बेलाटारीमा भएको बिद्यालय प्र.अ बैठकमा यस्तो कुरा बताउनु भएको हो ।प्रतापपुर मा रहेको सबै बिद्यालय का प्र अ वडाअध्यक्ष,र गाउपालिका पदाधिकारी हरुको सयुक्त बैठक ले विभिन्न कुराको निर्णय गरेको छ ।
Post a Comment