Wednesday, April 18, 2018

जिल्ला प्रशासनको एप निर्माण

नवलपुर । सबैभन्दा कान्छो जिल्ला नवलपरासी बर्दघाट सुस्ता पूर्वको जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीहरुको सेवा सुविधालाई ध्यानमा राख्दै नागरिक बडा पत्र सहितको मोबाइल एप निर्माण गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट हुने कामहरुको जानकारी, कुन कामका लागि के के सामग्री कागज पत्र आवश्यक पर्छ, कुन फांटमा कसलाई भेट्ने जस्ता जानकारी सहितको मोबाइल एपको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले उद्घाटन गर्नुभएको हो ।
बुधबार सुरक्षा निकाय र पत्रकारहरुको सहभागितामा जिल्ला प्रशासन कार्यालय कावासोतीमा भएको कार्यक्रममा मोबाइल एप को उद्घाटन गरिएको हो ।
उक्त मोबाइल एपमा नवलपरासी भित्र रहेको अस्पताल, एम्बुलेन्स, पत्रकार, सञ्चार गृह, विभिन्न संघसंस्थाका सम्पर्क नम्बरहरु समेत राखिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुुस्ता पूर्वले दिने सेवा सुविधा बारेको मोबाइल एप मोबाइलको प्ले स्टोरमा गएर डिएओ नवलपरासी लेखेर सर्च गरेर डाउनलोड गर्न सकिन्छ ।
डिजिटल प्रविधिको उक्त एप लाई जिल्ला प्रशासन कार्यालयको बाहिरी कक्षमा सबैले हेर्न र प्रयोग गर्न मिल्ने गरी पनि राखिएको छ ।
एपको उद्घाटन पछि बोल्दै प्रमुख जिल्ला अधिकारी मरासिनीले आफूले सुशासनको लागि गरेको यस कामलाई क्रमशः थप सुधार्दै लैजाने समेत बताउनुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal