रामकुमार श्रेष्ठ
नवलपुर । इमो र फेसबुक मार्फत तपाईलाई कसैले २५, ३० लाखको चिठ्ठा पर्यो भनेर कसैले तपाईलाई भन्दै छ भने तपाई खुसी भइहाल्नु पर्दैन किन भने उसले तपाईलाई चिठ्ठा परेको बाहानामा ठग्ग खोजी रहेको छ ।
उसले तपाईलाई चिठ्ठा परेको छ चिठ्ठा रकम पाउनका लागि त्यस वापतको कर पठाउनु भनेर डेढ दुई लाख ठग्ने र पछि सम्पर्क विहीन हुने गर्दछ ।
यस्तो केस नवलपरासीमा पनि घटेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी नवलपुरमा उजुरी पर्न थालेको छ ।
डेढ महिना अगाडि एक जना कलेज पढ्ने युवतीले ठगिएको भन्दै उजुरी गरेका थिए भने आज पनि एक जना युवकले ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
चौधरी उद्योगमा काम गर्ने नवलपरासीको अर्खला निवासी खगेन्द्र सारु मगरले आफू १ लाख ६५ हजार ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वमा उजुरी दिएका छन् ।
उनले शुरुमा डिजी कम्पनी भन्नेबाट इमोमा फोन आएको र तपाईलाई २५ लाख चिठ्ठा परेको छ भनेर खबर गरेको र पछि ट्याक्स कर वापतको रकम १ लाख ६५ हजार पठाउनु भनेर पठाएपछि त्यसपछि सम्पर्कमा नआएको खगेन्द्र सारु मगरले बताए ।
कर वापतको भनिएको रकम बुझे पछि उनीहरु सम्पर्कमा नआएपछि आफू ठगिएको थाहा पाएको उनले बताए ।
उनले आफूले गाउ“मा सय कडा २ रुपैया“ ब्याज खोजेर पठाएको बताए जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रहरी निरीक्षक विकाश भण्डारी कबि डेढ महिना अगाडि यस्तै एउटा उजुरी आएको र थप एउटा उजुरी परेको बताए।
उजुरी परेपनि यस्ता उजुरीमाथि प्रहरीको छानविन त्यति प्रभावकारी नभएको गुनासो गरिएको छ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment